
काठमाडौं, साउन ३२ गते । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भावी नेतृत्व लिनका लागि तीनजना अग्रज पत्रकारले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।
वरिष्ठ पत्रकार तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगरले भावी नेतृत्वको लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् । भदौ ४–५ गते पत्रकार महासंघको २५ औं राष्ट्रिय अधिवेशन काठमाडौंमा हुँदैछ।
पत्रकार कोइराला थाहा खवरका सम्पादक हुन् भने आचार्य तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार हुन् । त्यस्तै, उजीर मगर महासंघका अहिलेका महासचिवको जिम्मेवारीमा छन् । भावी नेतृत्वका लागि सोमबार मात्रै कोइराला र मगर दुई जनाले उम्मेदवारी घोषणा गरेका हुन् भने आचार्यले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका थिए ।
कोइरालाको उ्रम्मेदवारीलाई एमाले निकट संगठन प्रेस चौतारी नेपालले समर्थन जनाएको छ भने प्रेस युनियन र प्रेस सेन्टरले भने आचार्यलाई साझा उम्मेदवार घोषणा गरेका छन् । मगरले भने स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
कोइरालाको उ्रम्मेदवारीलाई एमाले निकट संगठन प्रेस चौतारी नेपालले समर्थन जनाएको छ भने प्रेस युनियन र प्रेस सेन्टरले भने आचार्यलाई साझा उम्मेदवार घोषणा गरेका छन् । मगरले भने स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
कोइरालाको उम्मेदवारीलाई एक कार्यक्रमका बीचमा चौतारीले समर्थन गरेको छ । ‘महासंघलाई साझा बनाउने उद्देयसहित कोइरालालाई उठाइएको हो,’ चौतारी अध्यक्ष गणेश बस्नेतले बताए । कोइरालाले पनि आफ्नो उम्मेदवारी घोषणा गर्दैगर्दा सबैको साझा हुने प्रयत्न गरेको बताए ।
उता, प्रेस युनियन र सेन्टरले भने साझा उम्मेदवारका रूपमा आचार्यलाई अगाडि सारेका छन् । ‘प्रेस सेन्टर र युनियनबीच सहकार्य भएको छ, अन्यसँग छलफल अघि बढ्दैछ,’ आचार्यले भने । उनका अनुसार सेन्टरका अध्यक्ष महेश्वर दाहालले आचर्यलाई समर्थन जुटाउन लागि परेका छन् ।
मगरले पनि आफ्नो दाबेदारीलाई सोमबार नै सार्वजनिक गरेका हुन् । ‘साथीहरूसँग सल्लाह गरेर उम्मेदवारी सार्वजनिक गरेको छु, सबैको साथ र समर्थन पाउनेमा विश्वस्त छु,’ मगरले भने ।
यता प्रेस चौतारीले साना संगठनसँग सहकार्य गरी प्रतिस्पर्धामा जाने भएको छ । माओवादी विप्लब समूह, वैद्य समूह, डा. बाबुराम भटटराई नेतृत्वको पत्रकार समूह, जनमोर्चाका पत्रकार समूहसँग चौतारीले अलाइन्स गरी अगाडि बढ्ने अन्तिम तयारी गरेको चौतारीले बताएको छ ।




