
काठमाडौं, भाद्र १ गते । तीन छोरी गुमाएका कमीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँमै पुगेर छ लाख रुपियाँ प्रदान गरेका छन् ।
गत शुक्रबार राति देशभरि ठूलो पानी पर्यो। खोलानाला बढे, केहीले बाटो बदले। केहीले बस्ती नै बगाए। त्यही रात बाँकेको राप्तीसोनारी–४, लालपुरमा पनि ठूलै पानी पर्यो।
ठूलो पानी परेपछि बुढा सासूससूरालाई केही भयो कि सोचेर फूलकुमारी चौधरी राति दुई बजे घरबाहिर निस्किइन्। तीन छोरीलाई छोडेर सासूससुरा बस्ने घरमा गइन्।
एउटा छोरीका खुट्टा बाहिर परेको देखिन्। बल गरेर छोरीको खुट्टा तानिन्, निकाल्न सकिनन्। रोइन्, बेस्सरी कराएर सहयोग मागिन् अहँ, कसैले सुनेन।
लोग्ने कमीलाल घरमा थिएनन्। सासूससुराको रेखदेखको जिम्मा पनि फूलकुमारीकै काँधमा थियो।
अर्को घरमा सासूससुरा सकुसल थिए तर फर्कँदा फूलकुमारीको घर भने माटोमा मिसिइसकेको थियो।
टायलले छाएको काठको दुई तले घरमा उनका फूलजस्ता छोरी थिचिएका थिए।
उनले एउटा छोरीका खुट्टा बाहिर परेको देखिन्। बल गरेर छोरीको खुट्टा तानिन्, निकाल्न सकिनन्। रोइन्, बेस्सरी कराएर सहयोग मागिन् अहँ, कसैले सुनेन। मध्यरातको झरी छिचोलेर फूलकुमारीको आवाज गाउँलेसम्म पुग्नै सकेन।
उनका लोग्ने कमिलाल थारुले १० दिनअघि ज्यामी काम गर्न पोखरा आएका थिए। घर बनाउने ठाउँमा मजुदुरी गर्ने उनी जता काम पाइन्छ त्यतै जान्छन्। पोखरामा काम गर्न लागेको एक वर्ष भयो।
कमिलालले यो खबर २८ गते बिहानमात्र थाहा पाए। उनी ५ र ६ जना गाउँले साथीहरुसँगै बस्थे। उनीहरूले नै फोन गरेर गाउँको खबर सुनाएका हुन्।
गत असारमा कान्छी छोरी बिरामी भएपछि कमिलाल घर गएका थिए। १३ महिनाकी बिरामी छोरी जचाउँन नेपालगञ्ज पनि पुगे। तर निको भएन। ‘के भएको हो थाहा भएन, बिराम लागेको दुई दिनमै बिती,’कमिलालले भने।
‘जिउँदा देख्न पाइँन लाशको भएपनि छोरीको मुख हेर्न मन थियो,’ कमिलालले भने, ‘दैवले त्यो पनि हुन दिएन।
राम्ररी बोली फुटिनसकेकी छोरी बिते पनि उनी ठूली छोरीहरुको मुख हेरेर चित्त बुझाउँथे। काम गर्दा तिनै छोरीको लवाइखवाइ र पढाइ लेखाइ सम्झन्थे।
तीनमध्ये जेठी १२ वर्षकी अस्मिता ६, ९ वर्षकी सरिता ४ र ६ वर्षकी सुष्मिता २ कक्षामा पढ्थे। छोरीहरू बेलाबेलामा फोन गरेर सोध्थे–बाबा, घर कहिले आउनुहुन्छ? कमिलाल जवाफ फर्काउँथे–दसैंमा आउँछु।
तर नियतिले दसैंसम्म कुरेन। गाउँ पसेको बाढीले कमिलालको घर मात्र भत्काएन थियो। संसारै उजाड पारिदियो। यसपालिको बाढीले कमिलालजस्तै कैयौ बाबुआमाको संसार उजाड पार्यो कति छोराछोरीलाई सहाराबिहीन बनाएर छोडिदियो।
‘जिउँदा देख्न पाइँन लाशको भएपनि छोरीको मुख हेर्न मन थियो,’ कमिलालले भने, ‘दैवले त्यो पनि हुन दिएन। ठाउँ ठाँउमा बाटो भत्किएको रहेछ। घर पुग्नै तीन दिन लाग्यो।’
२८ उनी घर आउन पोखराबाट गाडी चढे। नवलपरासी पुगेपछि गाडी अगाडि जान सकेन। दाउन्नेमा सडक बिग्रिएको थियो। उनले पैदलै सडक नापे। त्यो दिन दाउन्ने बसे। अर्को दिन गाडी चढे। कुसुम नपुग्दै सडक भत्किएकाले गाडी चलेन। उनी फेरि हिँडे। ३१ गते उनी गाउँ पुग्दा गाउँलेहरुले छोरीहरूको दाहसंस्कार गरिसकेका थिए।
‘दुई दिन त कुरेका थियौं तर उहाँ आइपुग्नु भएन टेलिफोन सम्पर्क पनि भएन,’ राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले भने। बिहीबार कमिलाललाई राहत रकम दिन प्रधानमन्त्री शेरबहादुर देउवा राप्ती सोनारी पुगेका थिए ।
चेक बुझेपछि कमिलालले भने, ‘प्रधानमन्त्रीले चेक त दिनुभयो तर जति नै पैसा भए पनि छोरी त मिल्दैनन्।’
सरकारले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई जनही दुईलाख रुपैयाँ दिने निर्णय गरेको छ। सोही अनुसार प्रधानमन्त्री देउवाले कमिलाल थारुलाई ६ लाखको चेक हस्तान्तरण गरे ।
चेक बुझेपछि कमिलालले भने, ‘प्रधानमन्त्रीले चेक त दिनुभयो तर जति नै पैसा भए पनि छोरी त मिल्दैनन्।’
उनलाई नयाँ घर बनाएर नयाँ संसार सुरु गर्नुपर्छ जस्तो लाग्छ। तर दोधारमा पर्छन्, यही ठाउँमा फेरि घर बनाएँ भने अर्कोचोटी फेरि बाढीले भत्काइदिन्छ।
‘म त्यो भत्केको घरमा जान पनि सकेको छैन। जान मनै लाग्दैन। त्यही ठाउँमा फेरि घर बनाउने मन छैन’ कमिलालले भने, ‘कहिल्यै बाढी नआउने सुरक्षित ठाउँमा घर बनाउन पाए हुन्थ्यो।’




