पन्ध्रजना राज्यमन्त्री थपिए, थारुबाट चार राज्यमन्त्री (सूची सहित)


 

काठमाडौं, भाद्र ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा चारजना थारु राज्यमन्त्री थपिएका छन् ।

नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । ती राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्लीबहादुर चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिस गरेको थियो ।

उनीहरुलाई जिम्मेवारी तोकेर प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल बिस्तार गरेका छन् । त्यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट जनक चौधरी, सुमित्रा थरुनी, यशोदा लामा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

कसलाई कुन जिम्मेवारी

१.सरिता प्रसाईं, कृषि बिकास राज्यमन्त्री
२. अमरसिंह पुन, सिचाइ राज्यमन्त्री
३. तेजुलाल चौधरी, युवा तथा खेलकुद राज्यमन्त्री
४. दिलमान प्राखिन, कानुन राज्यमन्त्री
५. अब्दुल रज्जाक, खानेपानी तथा सरसफाइ राज्यमन्त्री
६. शेषनाथ अधिकारी, शिक्षा राज्यमन्त्री
७. सीता गुरुङ, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
८. नरबहादुर चन्द, वाणिज्य राज्यमन्त्री
९. तप्त बहादुर बिष्ट, सूचना तथा सञ्चार राज्यमन्त्री
१०. उदय शमशेर राणा, अर्थ राज्यमन्त्री
११. डिल्ली बहादुर चौधरी, श्रम तथा रोजगार राज्यमन्त्री
१२. चम्पादेबी खड्का, सहकारी तथा गरिबि निवारण राज्यमन्त्री
१३. जनकराज चौधरी, स्थानीय विकास
१४. सुमित्रा थरुनी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन
१५. यशोदा लामा, भूमिसुधार

यसअघि देउवाले माओवादी केन्द्रका ८ जना राज्यमन्त्री सरकारमा सहभागी गराएका थिए। गत जेठ २४ गते कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया