लेहंगा सिलाउने सीपले दिलरानी चौधरीको मनग्य आम्दानी


शिवराज भट्ट
धनगढी, भाद्र ७ गते । कैलाली भजनी नगरपालिका १ की दिलरानी चौधरीका मुक्तिपछिका दिन फेरिएका छन् । सुसुराको पालादेखि स्थानीय सन्तराम चौधरीको घरमा लामो समय कमैया बसिन्, उनी ।

मुक्तिलगत्तै पहिलो चरणको पुनस्र्थापनामै सरकारबाट मधुवन मुक्त कमैया शिविरमा जग्गा पाइन् । सानैदेखिको सौखको व्यापार थारू समुदायको सांस्कृतिक पोशाक लेहेंगा सिलाएर आत्मनिर्भर हुन चाहिन् । दातृ निकायको सहयोगमा दिलरानीले लेहेंगा सिउने सीप सिकिन् । त्यसपछि छोराको नामबाट ‘किरन टेलर्स’ नामको सिलाइ सेन्टर खोलिन् ।

अरू कपडासँगै लेहेंगा सिलाउनु उनकालागि आम्दानीको स्रोत बनेको छ । उनको पसलमा सस्तोमा दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मका लेहेंगा छन् । ‘कुनै महिना बिक्री कम भयो भने पनि ८, १० वटा बिक्री भइहाल्छ,’ उनले भनिन् । उनको व्यापार धनगढीमा मात्र सीमित छैन । छिमेकी जिल्ला वर्दिया हुँदै राजधानीसम्म विस्तार भएको छ । ‘नेपालगञ्ज, काठमाडौं क्षेत्रबाट अर्डर आउँछ ।

लेहेंगाको माग पुर्याउनै सकिरहेको छैन,’ उनले भनिन्, ‘पहिचानको लागि पनि अहिलेका युवतीहरू लेहेंगा लगाउन मन पराउँछन् ।

लेहेंगाको माग पुर्याउनै सकिरहेको छैन,’ उनले भनिन्, ‘पहिचानको लागि पनि अहिलेका युवतीहरू लेहेंगा लगाउन मन पराउँछन् । फेसनका रूपमा पनि लेहेंगाको प्रयोग भइरहेको छ ।’

सरकारले सबै मुक्‍त कमैयाको उचित पुनर्स्‍थापना गिरिदने हो भने उनीहरु स्‍वरोजगार र आत्‍मनिर्भर हुन सक्‍छन् । ‘अरू लुगा सिकाएको भन्दाबाहेक लेहेंगाबाट मात्र वर्षको ६,७ लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले खुशी हुँदै भनिन् । अहिले त उनी लेहेंगा सिलाउने सीप हस्तान्तरण अभियानमा पनि छिन् ।

‘फेसनका लुगा सिउन अहिले धेरै कालिगढ भइसके तर थारू परम्परागत पोशाक लेहेंगाबारे सिक्ने कमै हुन्छन्,’ उनले अनुभव सुनाइन् । शिविरमा उनको इँट्टाको घर छ । लुगा सिलाएको पैसा बचत गर्दै उनले धनगढी उपमहानगरपालिका ७ को देवहरियामा जग्गा किनेकी छन् । जग्गाको मूल्य २० लाखभन्दा बढी भएको छ । दिलरानीले, घर बनाउन शिविरको घरमा १० ट्राली ढुंगा थुपारेकी छन् । सानै भए पनि पक्की घर बनाउने उनको योजना छ ।

दिलरानीले श्रीमानको साथ कहिल्यै पाइनन्, बरु श्रीमान्को कुटपिट सहिन् । अति भएपछि अलग्गिएर बसिन् । ‘श्रीमान् भए पनि म एकलजस्तै छु । उहाँ आमाको घरमा बस्नुहुन्छ । छोराछोरी मसँग बस्छन्, मैले नै पढाइ र पालनपोषण गरिरहेको छु,’ उनले दुःखेसो पोखिन्, ‘काममा श्रीमान्को सहयोग भएको भए अहिलेसम्म धेरै प्रगति गर्न सकिन्थ्यो ।’

‘एकताका त पुरानो पुस्ताबाहेक लेहेंगा लगाउन एकदमै कम भइसकेको थियो, तर अहिले आएर लेहेंगा लगाउनेको संख्या बढिरहेको छ,’ उनले भनिन् ।

छोराछोरीलाई शिक्षादीक्षाको अभिभारा उनकै काँधमा छ । छोरो घर बनाउने मिस्त्रीको काम गर्छ । छोरीलाई पढाइरहेकी छन् । एक दशकअघि मात्रै परम्परागत थारू पोशाकमा भेटिने थारू समुदायमा नयाँ पुस्ता लेहेंगा लगाउन छोडिरहेको छ । सँगै पोशाक संरक्षणका आवाज बढिरहेको छ । संस्कृति हस्तान्तरणका प्रयासहरू हुन थालेका छन् । जसले पछिल्लो समय थारू युवतीमा लेहेंगा लगाउने क्रम बढेको उनको अनुभव छ ।

‘एकताका त पुरानो पुस्ताबाहेक लेहेंगा लगाउन एकदमै कम भइसकेको थियो, तर अहिले आएर लेहेंगा लगाउनेको संख्या बढिरहेको छ,’ उनले भनिन् । भन्छिन्, ‘सरकारले सबै मुक्तकमैयाको उचित पुनर्रस्थापना गरिदिने हो भने उनीहरू पनि मजस्तै स्वरोजगार र आत्मनिर्भर हुन सक्छन् ।’

तपाईको प्रतिक्रिया