
कारी महतो
चित्तवन, भदौ ८ गते । थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले मृगौला पीडित हरेराम महतोलाई ८० हजार रुपियाँ सहयोग पठाएको छ ।
हरेराम महतो बचाऊ अभियानलाई आएको उक्त सहयोग मध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो सहयोग हो । यसअघि अमेरिकाबाट सरीता कँडेल र जीवन न्यौपानेले संकलन गरी ७५ हजार रुपियाँ पठाएका थिए । हरेराम महतोको विषयमा जानकारी पाएपछि दक्षिण कोरियास्थित थारु कल्याणकारिणी सभाले चितवन सम्पर्क समितिसँग सहकार्य गरी आर्थिक सहयोग संकलन शुरु गरेका थिए ।
उक्त अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका खैरहनी नपा–८, मगनी, चितवनका विनोद चौधरीकाअनुसार हरेराम महतो बचाऊ अभियानका लागि कोरियामा कार्यरत ४८ जना नेपालीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । रत्ननगर–७, मैनाहा घर भई हाल दक्षिण कोरियामा कार्यरत थाकस दक्षिण कोरियाका उपाध्यक्ष शिव चौधरीका अनुसार थाकस दक्षिण कोरियाले दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको र संगठन मार्फत आफूहरुले आर्जन गरेको केहि अंश समाजसेवामा लगाउने गरेको बताए ।
उक्त अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका खैरहनी नपा–८, मगनी, चितवनका विनोद चौधरीकाअनुसार हरेराम महतो बचाऊ अभियानका लागि कोरियामा कार्यरत ४८ जना नेपालीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।
हालै नेपालको तराई क्षेत्रमा गएको भिषण बाढीबाट पीडित नेपालीहरुलाई सहयोग गर्नकालागि थाकस दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले राहत वितरणका लागि सहयोग संकलन गरिरहेको उपाध्यक्ष शिव चौधरीले टेलिफोन मार्फत जानकारी गराए । हरेरामलाई सहयोग गर्ने अर्को संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक अभावका कारणले पढाईबाट वञ्चित भएका बालबालिकाहरुलाई पनि विभिन्न स्कुलका गरीब तथा जेहेन्दार विद्यार्थीहरुको सम्पूर्ण खर्च व्योहोर्ने गरी चितवन सम्पर्क समिति दक्षिण कोरियाले असहाय बालबालिका सहयोग अभियान मार्फत दश लाखको अक्षय कोष खडा गरी २३ जनालाई पढाईरहेको छ ।
कोरियाबाट फर्केका र कोरियामै रहेका केहि साथीहरु मिलेर चितवनमा कोरिया पुनर्मिलन ३०० बंगुर पालन कार्यक्रम गरेको कुरा चितवन सम्पर्क समिति दक्षिण कोरियाका सचिव सुलभबन्धु पोखरेलले जानकारी दिए । यसका साथै विभिन्न समयमा प्राकृतिक प्रकोपमा परेका पीडितहरुलाई पनि राहत उपलब्ध गराउँदै आएको कुरा सचिव पोखरेलले बताए ।वैदेसिक रोजगारको क्रममा साउदी अरेयिबा पुगेका चितवनको खैरहनी नगरपालिका वडा नं. १, बहेराका हरेराम महतोको अचानक दुवै मृगौला काम नलाग्ने भएपछि घर फर्केका थिए ।

कम्पनीले कुनै सहयोग नगरेपछि साथीहरु मिलेर टिकट काट्ने व्यवस्था मिलाएका थिए । नेपाल फर्केपछि उनलाई औषधी उपचार गर्न आर्थिक समस्या परेको थियो । उनको विषयमा अनलाइनहरुमा समाचार प्रकाशन भएपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्न थालेका छन् । प्राप्त भएको आर्थिक सहयोगलाई व्यवस्थापन गर्न सिर्जनशील थारु समाजले “हरेराम महतो बचाऊ अभियान” नै चलाएको छ । ३५ वर्षीय हरेराम महतोको पारिवारिक सम्पत्तीको नाममा ५ धुर घडेरीमा जस्ताले छाएको दुई कोठे घरमात्र छ ।
चल अचल कुनै सम्पत्ती नभएकोले पैसाकै अभावमा उपचार रोकिने डर भएकोले त्यसका लागि दानवीरहरुबाट थोरैथोरै सहयोग जुटाउनुका साथै त्यो रकमको सहि सदुपयोगका निम्ति सम्बन्धित विरामी समक्ष पु¥याउनका लागि व्यवस्थित अभियान संचालन गर्नुपरेको कुरा अभियान सञ्चालक संस्था सिर्जनशील थारु समाज चितवनका अध्यक्ष कारी महतोले जानकारी दिए । अभियानलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष हरिकुमार चौधरीको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।




