एमालेले गर्यो आक्रमणको भत्र्सना


हमार पहरा
काठमाडौं, कात्तिक २९ गते । नेकपा (एमाले) ले पार्टीका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।
मोरङ्को बरदंगा, झुर्किया र महादेवगाउँ कमिटीको संयुक्त आयोजनामा स्थानीय पैयाँ माध्यमिक विद्यालयमा भएको चियापान कार्यक्रमबाट फर्किरहेकाहरु माथि आइतबार संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले आक्रमण गरेको पार्टीले बताएको छ । दिउँसो ३ बजेर २२ मिनेटजाँदा कार्यकर्ता चढेको गाडीमा आक्रमण गरिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
आक्रमणबाट एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य रामलाल साह गम्भीर घाइते भएको पार्टीले जनाएको छ । त्यस्तै, ऋषिकेश पोखरेल, केन्द्रीय सदस्य मेहफुज अन्सारी, जिल्ला उपाध्यक्ष चन्द्रवीर राईलाई आक्रमणले चोटपटक लागेको केन्द्रीय कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाको तत्काल छानविन गरी कानूनअनुसार कारवाही गर्न एमालेले सरकारसँग माग गरेको छ । आन्दोलनलाई अराजक, हिंसात्मक र द्वण्द्वनिम्तिने खालको हर्कत तत्काल बन्दगर्न एमालेले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

4

तपाईको प्रतिक्रिया