थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा सम्पन्न


भगतराम थारु
नेपालगञ्ज, भाद्र १८ गते । थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार यहाँ सम्पन्न भएको छ । साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफलभ एको थियो ।

संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोश्रो बार्षिक साधारणसभामा सचिव भगतराम थारुले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमको खाँचो रहेको बताउनुभयो । थारु पत्रकारलाई पेशामा टिकाइ रहन उनीहरुलाई हौसलाको खाँचो रहेको बताउँदै संस्कृति पहिचान बचाउन पनि थारु पत्रकारको भुमिका अहम रहेको चर्चा गर्नुभयो ।

थारु पत्रकारहरुलाई शसक्त बनाउन थारु समुदायले हौसला प्रदान गर्न आवश्यक रहेको बताउँदै कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले त्यसकालागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । थारु पत्रकार संघले छोटो समयमै थारु समुदायको लागि आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लागि ठुलो योगदान गरेको उपप्रमुख चौधरीले चर्चा गर्नुभयो ।

थारु पत्रकारहरुलाई शसक्त बनाउन थारु समुदायले हौसला प्रदान गर्न आवश्यक रहेको बताउँदै कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले त्यसकालागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

थारु पत्रकारले थारु समुदायको मौलिक झल्कने जस्ता सह्रानिय कार्य गर्दै आएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले बताउनुभयो । थारु समुदाय विगतभन्दा अहिले धेरै अगाडी बढिसकेको कुरामा उहाँले जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले थारु पत्रकारलाई टिकाउन र विकाउन थारु पत्रकार संघको ठुलो भुमिका रहने चर्चा गर्नुभयो । बाँकेमा थारु पत्रकार संघले थारु समुदायको विषयबस्तुलाई बचाई राख्न निरन्तर कलम चलाउनुपर्ने उहाँले बताउनुभयो ।

संघका बाँके अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार, विश्वराज पछल्डङग्या, कृष्ण चौधरी, सोम डेमनडौरा, प्रेस चौतारी नेपाल बाँके शाखाका सचिव कमल डाँगी, प्रेस क्लव अफ नेपालका जिल्ला अध्यक्ष सावित्रि गिरी, कृषी पत्रकार समुह बाँकेका अध्यक्ष खगेन्द्र दाहाल, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, थारु कल्याणकारी सभाका जिल्ला सभापति गणेश चौधरी, थारु अधिकारकर्मी चन्द्रबहादुर चौधरी, डव्लुडव्लुजे बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेललगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया