एमालेले असोज २ गतेको निर्वाचन उम्मेदवार सूची सार्वजनिक गर्दै


काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) ले मंगलबार प्रदेश नं. २ को आठवटै जिल्लाको स्थानीय तह निर्वाचनको उम्मेदवार घोषणा गर्ने भएको छ ।

प्रदेश नं. २ मा चुनावी माहौल बन्दैगदर्ता प्रमुख प्रतिपक्षीदल एमालेले निर्वाचनको तयारी र पार्टीको उम्मेदवार सार्वजनिक गर्न लागेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनु भयो । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन मार्फत् पार्टीको तर्फबाट निर्णय भएका उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी भएको श्रेष्ठले बताउनुभयो ।

सो प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । प्रदेश नं २ मा २६ लाख ६४ हजार ९५० मतदाता रहेको आयोगले जनाएको छ ।

प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डलले उम्मेदवारको टुंगो लागिसकेको बताउनुभयो । प्रदेश नं. २ को आठ जिल्लाको १३६ स्थानीय तहका लागि निर्वाचन आयोगले असोज २ गते निर्वाचनको मिति तोकेको छ ।

निर्वाचनका लागि ३ हजार ५७८ निर्वाचन केन्द्र तोकेको आयोगले २ हजार १६६ मतदान स्थल निर्धारण गरेको छ । निर्वाचनमा करिब ३१ हजार कर्मचारी खटिने आयोगले बताएको छ । सो प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । प्रदेश नं २ मा २६ लाख ६४ हजार ९५० मतदाता रहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया