भगतराम थारु
नेपालगन्ज, भाद्र २१ गते । अहिलेका चर्चित थारु गायक भनेर चिनिने विश्वसागर परियारले दशै अगाडि ३ वटा गीत बजारमा ल्याउने भएका छन् ।
पछिल्लो समयमा गायक विश्वसागर परियारले चर्चित थारु गीतमा स्वर दिएर चर्चामा हुनुहुन्छ । भर्खरै गायक परियारको जुग्नी चम्के रातमे मै तुहार साथमे भन्ने बोलको गीत सार्वजनिक भएको छ । याल्डमुन मिडिया ग्रुपबाट सार्वजनिक भएको जुग्नी चम्के रातमे मै हु तोहार साथमे बोलको गीत बजारमा आएको हो ।
पछिल्लो समयमा गायक परियारले चर्चित थारु गीतहरुमा स्वर दिएर चर्चा कमाउन सफल हुनुभएको छ । थारु समुदायको मायाले नै जुग्नी चम्के भन्ने बोलको गीत पनि बजारमा ल्याउन सफल भएको गायक परियारले बताउनुभयो । गायक परियारले जुग्नी चम्के रातमे मै हु तोहार साथमे ले राम्रो बजार पाउने आशा रहेको बताउनुभयो ।
बाकेको कोहलपुरमा सुटिंग भएको गीतमा गायक सागर र सुमन चौधरीले स्वर दिनुभएको छ भने मोडेलमा गोविन्द थारु र शिशिरा कडेल रहनुभएको छ । यस्तै कोरियोग्राफीमा प्रदिप थारु र क्यामरामा राजकुमार चौधरीले साथ दिनुभएको छ । एक दर्जन बढी थारु गीतमा स्वर दिइसक्नु भएका गायक परियारले दशै अगाडि नै तीनवटा गीत बजारमा ल्याउने तयारी पूरा भएको बताउनुभएको छ ।
कोइ महिन फेसबुक म च्याट कर्हो दिहाल मोर फ्ल्याक किस क्याच कर्हो ओ माई लभ ओ माई लभ, कहो न का तुहिन कर्ना विचार बा र टेल्लार बोली बोल्के दिवाना बनैलो काजे छैली तु महिन विचमा छोर्लो बोलको गीत दशै अगाडि सार्वजनिक गर्ने तयारी रहेको गायक परियारले बताउनुभयो ।