
झुम्का, भाद्र २५ गते । हरेक वर्षझैं थारु समुदायले मनाउने जितिया पावनी पर्व यस वर्ष पनि सुनसरीको झुम्कामा भव्यरुपमा गर्ने तयारी थारु महिलाले गरेका छन् । सो पर्वमा थारु महिला निराहर व्रत बसी मनाउने गर्छन् ।
थारु महिला उत्थान समाजले झुम्काको जीतमान चोकमा २८ गते जितिया पर्वमा भव्य सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ । सो संस्थाकी अध्यक्ष सीता चौधरीकाअनुसार कार्यक्रमको तयारी करिब पूरा भएको छ । दशौंहजार स्थानीयको सहभागितामा गरिने सो कार्यक्रममा विभिन्न सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्ने तयारी गरिएको चौधरीले जानकारी दिनुभयो ।
संस्थाकी अध्यक्ष सीता चौधरीकाअनुसार कार्यक्रमको तयारी करिब पूरा भएको छ । दशौंहजार स्थानीयको सहभागितामा गरिने सो कार्यक्रममा विभिन्न सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्ने तयारी गरिएको चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख आकर्षणमा थारु पहिरनमै थारु झाँकी तथा प्रदर्शनी, विभिन्न समुदायको जातीय प्रदर्शनी, थारु खाना परिकार प्रदर्शनी, युवाका लागि जागरणमूलक प्रस्तुती, नृत्य प्रतियोगिता, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक तथा एकल महिलाको सम्मान कार्यक्रम रहेको सो संस्थाले जनाएको छ ।
नृत्य प्रतियोगितामा सहभागी जनाउने प्रथमलाई सम्मानपत्रसहित नगद पाँचहजार रुपियाँ, दोस्रो हुनेलाई सम्मानपत्रसहित नगद तीनहजार, तेस्रोलाई सम्मानपत्रसहित नगद दुई हजार र सान्त्वना एकजनालाई सम्मानपत्रसहित एघारसय रुपियाँ प्रदान गर्ने संस्थाकी अध्यक्ष चौधरीले बताउनुभयो । प्रतियोगिहरुले सांस्कृतिक नृत्यमा आफ्नो कला प्रदर्शन गर्नेछन् ।

जितिया पर्वको कार्यक्रम अघि विहान विभिन्न भेषभूषासहितको ¥याली प्रदर्शन गरिने सो संस्थाले बताएको छ । कार्यक्रममा सहभागीताका लागि उत्थान समाजले सबैमा आव्हान गरेको छ । जितियामा सूर्य भगवानका पुत्र जीतमहानको पूजापाठ गर्ने गरिन्छ । आफ्नो श्रीमान तथा सन्तानको सुख समृद्धि तथा प्रगतिका लागि निराहर व्रत बसी थारु महिलाले यो पर्व मनाउने गर्छन् ।
थारु महिला उत्थान समाज झुम्काले जितिया पर्वको अवसरमा ओठघन (दर खाने) कार्यक्रम सम्पन्न गरेको छ । थारु समुदायका महिलाहरुले परापूर्वकालदेखि निष्ठाका साथ मनाउँँदै आएका छन् ।आफ्नो सन्तानको सुख शान्तिको कामना गरेर मनाउने जितिया पर्व थारु समुदायका महिलाहरुले विशेष चाडका रुपमा निष्ठा एवम भक्तिभावले पूजापाठ गरेर पर्व मनाउँदै आएको थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सीता चौधरीेले वताउनुभयो ।

आफ्नो सन्तानको सुख शान्तिको कामना गरेर मनाउने जितिया पर्व थारु समुदायका महिलाहरुले विशेष चाडका रुपमा निष्ठा एवम भक्तिभावले पूजापाठ गरेर पर्व मनाउँदै आएको थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सीता चौधरीेले वताउनुभयो ।
थारु समुदायले प्राचीनकालदेखि मनाउँदै आएको जितिया पर्व आफ्नो श्रीमान र सन्तानको सुखको कामना गर्दै निरहार व्रत वसेर मनाउने, यस पर्वमा थारु महिलाहरु माइत जाने साथीसंगी आफन्तहरुसँग भेटघाट गर्ने नाचगान गर्ने र ओठघन खाएर मनाउने अध्यक्ष चौधरीेले वताउनुभयो ।




