बाराको १६ वटा तहमै एमाले जित्ने पूर्व खेलकुद मन्त्री पौडेलको दावी


दुष्यन्त चौधरी
कलैया, भाद्र २५ गते । नेकपा (एमाले) बाराले जिल्लाको १६ वटा तहमा एमाले निर्वाचित हुने दावी गरेको छ । चुनावी प्रचार अभियान अन्तर्गत आइतबार देवताल गाउँपालिकामा नेकपा एमालेले मोटरसाइकल रैली निकालि घरदैलो कार्यक्रम गरेको छ । सोही क्रममा नेताहरुले त्यस्तो दावी गरेका हुन् ।

देवताल गाउँ पालिकाका प्रमुखका उमेदवार विजय पाण्डे तथा उपप्रमुखका उमेदवार रिनाकुमारी रामको अगुवाइमा मोटरसाइकल रैलीसहित घरदैलो गर्दै पिप्राढीमा कोण सभाको आयोजना भएको थियो ।

कोणसभामा पूर्व खेलकुद मन्त्री तथा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ का सांंसद पुरूषोतम पौडेलले जिल्लाका १६ वटा तहमा नेकपा एमालेले नै जित्ने दावी गर्नुभयो । नेकपा एमालेका पक्षमा जन लहर सृजना भएकाले प्रदेश नम्बर २ मा समेत एमालेले नै जित्ने उहाँले अडकल सुनाउनुभया ।

प्रमुखका उमेदवारसहित एमालेका कार्यकार्ताहरूले गाउँपालिका अन्तर्गत रहेका रम्पूर्वा, जब्का, पिप्राढी, दक्षिण झिटकैया, गम्हरीया, पिपरपाति, आमवा लगायतका स्थानमा गाउँ परिक्रमा गरेका थिए ।

कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष सुन्दर विक, उपाध्यक्ष देवनारायण चौधरी , प्रचारप्रसार विभाग प्रमुख मनोज पौडेल, सचिवालय सदस्य विध्या थापा, प्रदेश नम्बर २ का सदस्य सिता गुरूङ, वडा अध्यक्षका उमेदवार कौशल किशोर सिंह , संजय पटेल सहित रैलीमा हजारौंको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया