जितिया पर्वको अवसरमा झुम्काबजारमा थारु सांस्कृतिक कार्यक्रम


कुलदीप चौधरी
झुम्का, भाद्र २९ गते । थारु समुदायको जितिया पर्वको अवसरमा थारु महिला उत्थान समाज सुनसरीले बुधबार झुम्काबजारमा भव्य संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

तराईका २२ जिल्लाका थारुको बेग्लाबेग्लै पहिरन सहितको “आई कन शो” प्रदर्शन पनि गरेको थियो । सम्झना लेखिको संयोजकत्वमा भएको सो पोशाक प्रदर्शनमा फेशन शो जस्तै पालैपालो २२ जना महिलाले थारु पहिरणमा सजिएर प्रदर्शन गरेका थिए ।

पूर्वदेखि पश्चिमका थारुहरुको भेषभुषाको “आई कन शो” मार्फत प्रदर्शन गर्दै उत्थान समाजले पुर्वको झुम्काबाट सांस्कृतिक संरक्षणको गतिलो सन्देश दिन सफल भएको छ ।

थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीको सभापत्विमा भएको कार्यक्रममा रामधुनीका नगर उपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । महिलाहरुले माईत जितिया मनाउन जाँदा तेलपौर रोटि लाने मोटा दिई उपप्रमुख चौधरीलाई सम्मान गरेको    थियो ।

कार्यक्रममा बरैलीवाली कार्यक्रमका सञ्चालक कुलदिप चौधरी र जानकी चौधरीले उपस्थित दर्शकहरुलाई कमेडि नाटकमार्फत मनोरञ्जन दिएका थिए । सो कमेडि नाटकमा बढदै गईरहेको दहेज प्रथाको उन्मुलन गर्ने शन्देश दिन खोजिएको थियो । कार्यक्रममा उदयपुरकी कलाकार प्रेमशीलाको नृत्य प्रस्तुती नै मुख्य आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रममा आदिवासिका बिभिन्न झाँकी प्रर्दशन, जेष्ठ नागरीक, एकल महिला, दृष्टि बिहिनलाई सम्मान पनि गरिएको थियो । त्यसैगरी थारु अग्रज पत्रकारलाई सम्मान गर्दै विभिन्न नृत्य प्रतियोगीता सम्पन्न भएको थियो । झाँकी प्रदर्शनमा झाँगड नाच, प्रथम हुनेलाई नगद दुई हजार, नेवा दये दबु रामधुनीबाट लाखेनाच दोस्रो हुनेलाई नगद एकहजार पाँचसय, प्रकासपुरबाट आएका किरातराई यायोखा मौलिकनाच तेस्रो हुनेलाई नगद एक हजार, सान्त्वना रामधुनी १ डुमैरियाका थारु झुम्रानाचलाई नगद एक हजार, हुडेप नेपालको सहयोगमा पुरस्कृत गरीएको थियो ।

झाँकी प्रदर्शनले आदिवासीहरुको पौराणिक, मौलिक संस्कार संरक्षण भएको उत्थानकी कोषाध्यक्ष आशा चौधरीले बताउनुभयो । समाजमा योगदान दिएका महिला जेष्ठ नागरीक, एकल महिला रामधुनी ९ डुम्राहाकी लघनीदेवि थरुनी, ईटहरी १५ की जस्मन्ति चौधरी, एकल महिला तारा मण्डललाई दोसल्लाले सम्मानित गरिएको थियो । दृष्टिबिहिन रामधुनी १ की राधा चौधरीलाई दोसल्ला सहित नगद दुई हजार पाँचसय सहित सम्मान गरिएको थियो ।

त्यसैगरी पहिलो महिला थारु कलाकार रामधुनी ५ की रेनु चौधरीलाई सम्मान गरेको थियो । चौधरी थारु भाषाको पहिलो करम फिलिमकी नायीकाको भूमिका निर्वाह गर्नुभएको छ ।

थारु समुदायको संस्कार संस्कृतिका बारेमा बिभिन्न मिडियामार्फत सामाचार सम्प्रेसन लगायत थारु महिला उत्थान संस्थालाई सहयोग गर्ने आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष पत्रकार धिरेन्द्र चौधरी, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, मोरंगका अध्यक्ष पत्रकार एल.एन. गच्छदार, नेपाल पत्रकार महासंघ शाखा सुनसरीका जिल्ला सदस्य सुनिल चौधरी र पत्रकार सुप्रिया राईलाई बिशेष सम्मान सो संस्थाले गरेको थियो ।

सम्मानित पत्रकारहरुले निस्वार्थरुपले पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्नमा योगदान पुर्याएकाले सम्मानित गरिएको उत्थान समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

जितियाकै अवसरमा उत्थानले गरेको नृत्य प्रतियोगतिामा प्रथम हुने बाल आदर्श बोर्डिङ्गलाई नगद रु ५००० सहित सिल्ड र प्रसंसापत्र, दोस्रो हुने शिर्जनशिल वाल क्लवलाई नगद रु ३००० सहित सिल्ड र प्रसंसापत्र, तेस्रो हुने करमैनिया टोल बिकास शिवनगरलाई नगद रु २००० सहित सिल्ड र प्रसंसापत्र प्रदान गरिएको छ ।

सान्तवना हुने दिपज्योति युवाक्लव धुरहालाई नगद रु ११०० सहित सिल्ड र प्रसंसापत्र, रामधुनी बचत समुह दोहा कतार च्याप्टरको सहयोगमा बितरण गरिएको सो संस्थाले बताएको छ । च्याप्टरबाट सल्लाहकार राधेश्याम चौधरी र उपेन्द्र चौधरीको उपस्थिती रहेको    थियो ।

नृत्य प्रतियोगीतामार्फत थारु युवाहरुको कला प्रष्फुटनले र यसको निरन्तरताले कलामार्फत नै आफनो पहिचान कायम गर्न सकिने उत्थानकी अध्यक्ष चौधरीले बताउनुभयो ।

जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो । पौराणिक कालदेखि नै मनाउदै आएको यो पर्व पुर्बि तराईका आदिवासी धर्तिपुत्र थारु जातिको महत्वपुर्ण एैतिहासिक पर्व हो । प्राय तराईवासी बिबाहिता नारीले आफना पति तथा सन्तानको लामो आयुको कामना गर्दै निष्ठापुर्वक जितिया पर्व मनाउने गर्छन् ।

कार्यक्रममा स्वागत कोषाध्यक्ष आशा चौधरीले र कार्यक्रमको उद्देश्यमाथि प्रकाशन पर्ने काम भगवति चौधरीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन रेडियो रामधुनीका सुनिल चौधरी, आशा चौधरी, बिमला चौधरीले गरेका थिए । कार्यक्रमको मुख्य मिडिया पार्टनर रेडियो रामधुनी ९१.९ मेगाहर्ज र थारु पत्रकार संघ शाखा सुनसरी रहेको थियो ।

तपाईको प्रतिक्रिया