
कारी महतो
चित्तवन, भदौ ३१ गते । आजभन्दा नौ वर्षअघि ०६५ फागुन २२ गते थरुहट आन्दोलनकाक्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भएका रत्ननगर नगरपालिका ७, सिसुवार, चितवनका सन्जीत महतोको सहयोगार्थ चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुनेभएको छ ।
सो संस्थाले पत्रकार सम्मेलन मार्फत उक्त शोको आयोजना गर्ने घाइते महतोको राहत कोषका संयोजक शरदकुमार महतोले बताउनुभयो । सौराहाको गैंडाचोकमा अवस्थित न्यू थारु कल्चरल हाउसमा असोज ७ गते ११ बजेदेखि उक्त च्यारिटी शो गर्ने आयोजकले बताएको छ । अहिले धमाधम टिकट बिक्री भैरहेको र टिकट लिनेहरुले फिल्म हेर्नुभन्दा पनि सन्जीतलाई सहयोगको भावनाले टिकट लिएको आयोजकले जनाएको छ ।
घाइते महतोको स्वास्थ्य उपचार हाल भरतपुरको एलाइभ हस्पिटल तथा ट्रमा सेन्टरमा भइरहेको छ । सन्जीतको दिगो आर्थिक व्यवस्थापनका लागि देश विदेशबाट आर्थिक सहयोग आउनेक्रम जारी छ ।
फिल्म सुरु हुनुभन्दा अघि दर्शककालागि केही सांगीतिक प्रस्तुति समेत रहने महतोले बताउनुभयो । गायन क्षेत्रमा राष्ट्रियस्तरमै बेग्लै छवि बनाएका गायक मनोज महतो र अमितसिंह चौधरीको समेत प्रस्तुति रहने बताइएको छ ।सांगीतिक प्रस्तुतिपछि मात्रै फिल्म सुरु गरिने आयोजकको भनाई छ । घाइते महतोको स्वास्थ्य उपचार हाल भरतपुरको एलाइभ हस्पिटल तथा ट्रमा सेन्टरमा भइरहेको छ । सन्जीतको दिगो आर्थिक व्यवस्थापनका लागि देश विदेशबाट आर्थिक सहयोग आउनेक्रम जारी छ । हालसम्म करीब अढाई लाख रुपैयाँ संकलन भएको कोषका संयोजक महतोले बताउनुभयो ।
च्यारिटी शो बाट राहत कोषमा करीब दुई लाख रुपैयाँ संकलन गर्ने लक्ष्य आयोजकको छ । देश विदेशबाट प्राप्त रकम सनराइज बैंकको सन्जीत महतोको नाममा खाता खोलिएको छ । खाता नं. ०१७०३९९५९२२०५००१ मा रकम जम्मा भएको सम्बन्धित पक्षले बताएको छ । उक्त खाता सन्जीत महतो र शरद कुमार महतोको संयुक्त दस्तखतबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
संकलन भएको रकमबाट सन्जीतको लागि एउटा सानो घर बनाउनेदेखि सन्जीतको क्षमताले भ्याएसम्मको आम्दानीको स्रोत बनाउने सल्लाह भइरहेको कोष सञ्चालकले बताएका छन् । लक्ष्य पुरा भएपछि आर्थिक पार्दशिताको लागि सम्पूर्ण हरहिसाबको लेखा परीक्षण तथा सहयोग गर्नेहरुको नामावलीसहित सन्जीतका लागि भएगरेका सबै प्रयासहरु छर्लङ्ग हुनेगरी एउटा बुलेटिन प्रकाशन गर्ने आफन्तहरुको तयारी छ ।
कलपाना फिल्म बारे
कलपाना फिल्म २०४९ सालमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म हो । यो फिल्म २०५० सालदेखि प्रदर्शनमा आएको हो । रेकर्डअनुसार निर्माणको आधारमा कलपाना फिल्म थारु भाषाको फिल्महरुमध्ये नेपालकै दोस्रो फिल्म हो । यो फिल्म चर्चित निर्देशक स्वः शिव रेग्मीले निर्देशन गरेका हुन् । स्वः शिव रेग्मीले निर्देशन गरेको पहिलो फिल्म नै कलपाना फिल्म हो ।
फिल्म चर्चित निर्देशक स्वः शिव रेग्मीले निर्देशन गरेका हुन् । स्वः शिव रेग्मीले निर्देशन गरेको पहिलो फिल्म नै कलपाना फिल्म हो ।
यसमा महेन्द्र चौधरी, संगीता चौधरी, झगरु चौधरी, डम्मर चौधरी लगायतको अभिनय रहेको छ । यो फिल्मका निर्माता झगरु चौधरी र सहबिनिया चौधरी हुन् । यसको कथा, पटकथा, संवाद तथा गीतका लेखक झगरु चौधरी हुन् । झगरु चौधरी हाल पर्साबजारमा रहेको इन्टरनेशनल कलेजका प्रमुखको रुपमा काम गरिरहनु भएको छ । कमल राईले नृत्य निर्देशन गरेको यो फिल्म एनबी महर्जनको द्वन्द र गणेश रायमाझीको छायाँकन कला छ ।
फिल्म परशुराम चौधरीले सम्पादन गरेका हुन् भने यसमा गायककोरुपमा प्रेमध्वज प्रधान, लोचन भट्टराईले स्वर दिएका छन् । साथै समीर थापाको स्वर र संगीत पनि रहेको छ । कलपानाको अर्थ दुःख, पीडा, तडप, वेदना हुन्छ । २५ वर्ष अगाडि बनेको फिल्म भएपनि फिल्मको कथावस्तु हिजोआजको परिवेशअनुसार मिल्दोजुल्दो रहेको, गीत संगीत पनि निकै उत्कृष्ट भएकोले कलपाना फिल्म हेर्नका लागि दर्शकहरु लालायित देखिएका छन् ।
को हो सन्जीत महतो ?
२०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलनले सडक राम्रैसँग तताएको थियो । तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारु मधेसी होइनौं, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडकमा ओर्लीए । थारु समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा चितवन टाँडीको सौराहाचोकमा कमल चौधरी, विपिन खड्का लगायत दाङका प्रकाश चौधरी र रामप्रसाद चौधरीको मृत्युभयो ।
कमल र विपिनसँगै गोली लागी सख्त घाइते भएका सन्जीत महतोलाई भने मर्नु न बाँच्नु भयो । विपिन खड्कालाई गोली लागेको अवस्थामा पानी पिलाउन जाँदा उनलाई पनि गोली लागेको थियो । गोली लागेको नौ वर्ष बितीसक्दा पनि उनको घाउ निको हुनसकेको छैन । डाक्टरले समय समयमा अस्पताल आएर जाँच गराई औषधी उपचार गर्न भनेका थिए । तर आर्थिक अभावकाकारण सन्जीतले नियमित उपचार गर्न सकेनन् ।
३० वर्षीय सन्जीतको श्रीमती र एक छोरासहित ८ जनाको संयुक्त परिवार छ । सम्पत्तीको नाममा पाँच धुर घडेरी बाहेक अर्थोक छैन । श्रीमती, बुबा, आमा, भाई, बुहारी सबैले ज्याला मजदुरी गरी आर्जन गरेको पैसाले दुई छाक टार्छन् ।
गोली लागेको दायाँ खुट्टा सन्जितले न खुम्च्याउन सक्छन् न सीधा राख्न । घाउबाट पीप बगीरहेको छ । कहिलेकाँही पहेंलो रङको पीप निस्किन्थ्यो । सन्जीत आफैंले मनतातो पानीले घाउ सफा गर्नुको विकल्प थिएन । बैशाखीको सहारामा घर भित्रबाहिर गर्ने भएपनि दिशापिशाब र सरसफाईका लागि भने अरुकै सहारा लिनुपर्ने सन्जीतको बाध्यता छ ।
३० वर्षीय सन्जीतको श्रीमती र एक छोरासहित ८ जनाको संयुक्त परिवार छ । सम्पत्तीको नाममा पाँच धुर घडेरी बाहेक अर्थोक छैन । श्रीमती, बुबा, आमा, भाई, बुहारी सबैले ज्याला मजदुरी गरी आर्जन गरेको पैसाले दुई छाक टार्छन् । सन्जीतका भाईले वैदेसिक रोजगारबाट कमाएको केहि पैसाले आफ्नो लागि दुई कोठे घर बनाउन सुरुगरेको भएपनि सन्जीतको जीवन भने उहि पुरानो छाप्रोमै बितिरहेको छ । सन्जीतका ११ वर्षीय छोरा जेम्स चौधरी हाल सौराहा स्थित मालपुर माविमा कक्षा ६ मा पढ्दैछन् ।
तर उनका पढाइलेखाईका लागि खर्च अभाव हुँदा भविष्यमा कसरी पढाउने कुरामा सन्जीत दम्पत्तीका साथै सन्जीतका आमाबुबा निकै चिन्तित छन् । सन्जीत महतो राहत कोष स्थापना गरी शरदकुमार महतोको संयोजकत्वमा कोष संचालक समिति र पत्रकार सन्तकुमार चौधरीको संयोजकत्वमा सन्जीत महतो उपचार समिति गठन गरी अभियान अगाडि बढाइएको छ ।
सरकारी सेवा सुविधाको लागि पहल गरीदिन कृष्ण चौधरीको संयोजकत्वमा एक पहल समिति गठन भएको छ । समिति गठन भएलगत्तै साउन २२ गते नै सन्जीत महतोलाई भरतपुरको एलाइभ हस्पिटल तथा ट्रमा सेन्टरमा पु¥याइएको थियो ।




