
घोराही, असाज ६ गते । थारु पत्रकार संघ दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुहुने भएको छ ।
संघका अध्यक्ष सन्तोष दहितकाअनुसार अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । संघको अधिवेशन असोज ७ गते दाङको घोराहीमा हुने आयोजकले बताएको छ ।
संघका अध्यक्ष सन्तोष दहितकाअनुसार अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । संघको अधिवेशन असोज ७ गते दाङको घोराहीमा हुने आयोजकले बताएको छ ।
त्यसैबीच अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव उदय जिएम, संघका महासचिव मदन चौधरी, थारु सांसद, पुर्व सभासद, बुद्धिजीविहरुको सहभागिता रहने संघले जनाएको छ ।
अधिवेशनलाई भब्य बनाउन दाङका राजनीतिदलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, सञ्चार संगठनका प्रमुख तथा प्रतिनीधिहरु, पत्रकारहरु, ब्यापारी तथा सरोकारवालाहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको संघले बताएको छ ।




