तीनजना थारु पत्रकार प्रेस काउन्सिल पुरस्कारबाट सम्मानित


काठमाडौं, असोज ६ गते । प्रेस काउन्सिल नेपालको ४८ औं वार्षिकोत्सवको अवसरमा तीनजना थारु पत्रकार प्रेस काउन्सिल नेपाल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट थारु पत्रकारसहित अन्य पत्रकार पुरस्कृत र सम्मानित हुनुभयो ।  पुरस्कृत हुनेमा प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट रामचन्द्र चौधरी  (कञ्चनपुर), प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट ममता चौधरी (सुनसरी), विजेता चौधरी (काठमाडौं) पुरस्कृत हुनुभयो ।

पुरस्कारको राशी जनही नगद १० हजार सहित सम्मानपत्र रहेको छ । पुरस्कृत पत्रकारलाई राष्ट्रपति भण्डारी, प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा ३९ जना पत्रकार पुरस्कृत भएका थिए ।

तपाईको प्रतिक्रिया