एमालेका प्रमुख नेताहरु को कहाँबाट आगामी चुनावमा भिड्दैछन् ?


लक्की चौधरी

काठमाडौं, असोज २० गते । आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि एमालेले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । शीर्ष नेताहरु प्रायः पुरानै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका छन् ।

एमालेका नेताहरुले दिएको जानकारीअनुसार अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट निर्वाचन लड्नेगरी सिफारिस हुनुभएको छ । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल ईलाम क्षेत्र नं. १, माधवकुमार नेपाल काठमाडौं क्षेत्र नंं २ बाट प्रतिनिधिसभाका लागि निर्वाचन लड्नेगरी सिफारिस हुनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठकाअनुसार वामदेव गौतम वर्दिया क्षेत्र नं. १, भीम रावल अछाम क्षेत्र नं. १, ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं ५, सुवासचन्द्र नेम्वाङ ईलाम क्षेत्र नं २, शंकर पोखरेल दाङ क्षेत्र नं २, विष्णु पौडेल रुपन्देही २, प्रदीप ज्ञवाली गुल्मी २, गोकर्ण विष्ट गुल्मी १ का लागि सिफारिस हुनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट निर्वाचन लड्नेगरी सिफारिस हुनुभएको छ । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल ईलाम क्षेत्र नं. १, माधवकुमार नेपाल काठमाडौं क्षेत्र नंं २ बाट प्रतिनिधिसभाका लागि निर्वाचन लड्नेगरी सिफारिस हुनुभएको छ ।

सोहीअनुसार अन्य नेताहरुमा अष्टलक्ष्मी शाक्य काठमाडौं ९, घनश्याम भुषाल रुपन्देही १, योगेश भट्टराई ताप्लेजुङ, सुरेन्द्र पाण्डे चित्तवन २, भानुभक्त ढकाल मोरङ ३, कृष्णगोपाल श्रेष्ठ काठमाडौं ८, सत्यनारायण मण्डल सप्तरी १, रघुवीर महासेठ धनुषा ३, डा. विजय पौडेल रुपन्देही ३, गरिमा शाह कैलाली १, कोमल ओली दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस हुनुभएको एमालेले बताएको छ ।

अन्य नेताहरु छविलाल विश्वकर्मा, युवराज ज्ञवाली, भीमप्रसाद आचार्य, पृथ्वीसुब्बा गुरुङ, लालबावु पण्डित, जीवन श्रेष्ठ आदिको अझै क्षेत्रबारे टुंगो लागिनसकेको कार्यालय सचिव श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार एमाले–कांग्रेस र नयाँ शक्ति नेपालका उम्मेदवारबीच तालमेल गर्नुपर्ने भएकाले अहिले सिफारिस भएको नाम र निर्वाचन क्षेत्रमा हेरफेर पनि हुनसक्ने छ ।

पार्टी एकीकरणसम्म गर्नेगरी असोज १७ गते तीन दलबीच तालमेल भएपछि आगामी निर्वाचनका लागि उठ्ने उम्मेदवारलाई विजयी गराउनेगरी एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन क्षेत्र निर्धारण समिति नामक कार्यदल गठन गरेको छ । सो कार्यदलले बुधबारबाट बैठक शुरु गरेको नेता श्रेष्ठले बताउनुभयो । आगामी २५ गतेसम्म सो कार्यदलले प्रतिवेदन बुझाउने र कुन नेता कहाँबाट चुनाव लड्नेबारेमा टुंगो लाग्ने उहाँले बताउनुभयो ।

अहिले पार्टीगतरुपमा तल्लोतहबाट सिफारिस भइ आएका नाममा हेरफेर हुनसक्ने र तीन दलका उम्मेदवारलाई सम्भावना हेरेर निर्वाचनमा उम्मेदवार बनाउने गरी गृहकार्य भइरहेको नेता श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार वाम गठनबन्धनका तीन दलबाहेक अन्य दलसँग समेत चुनावी तालमेलको प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया