थाकस यूएईबाट राजिनामा दिएर ठूलो गल्ती गरेंः नेत्र थनेत


सन्तकुमार चौधरी
चितवन, असोज २१ गते । तत्कालिन प्रवासी थारु समाज यू.ए.र्इ.का संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः सोही संस्थामा फर्कीन चाहेका छन् । एकवर्ष अघि कार्य व्यस्तताककारण भन्दै साधरण सदस्य समेत नरहने गरी संस्थावाट राजीनामा दिएका थिए ।

आवेशमा आएर राजीनामा दिने निर्णय गरेको भन्दै आगामी दिनमा आफ्नो कमजोरीलाई सच्याएर अघि बढ्ने शनिवार उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अहिले प्रवासी थारु समाज यूएईले थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभाको आधिकारीता प्राप्त गरिसकेको छ । आफुले संस्थावाट राजीनामा दिएर गल्ती गरेको समेत उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

अबका दिनमा यस्ताखालका गल्ती नगर्ने प्रतिवद्धता जनाउँदै हिजोको दिनमा भएका तिता मिठा गल्ती, कमजोरीलाई भुल्दै नयाँ सम्भावानाका आवाज लिएर पुन फर्कीने इच्छा रहेको विज्ञप्तीमा भनेका छन् ।

राजीनामा फिर्ता सँगै आगामी दिनमा थारु कल्याणकारिणी सभा यूएईलाई अझै शसक्त र अब्बल बनाउन आफुले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

राजीनामा फिर्ता सँगै आगामी दिनमा थारु कल्याणकारिणी सभा यूएईलाई अझै शसक्त र अब्बल बनाउन आफुले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । थारु कल्याणकारिणी सभाका आवद्ध अध्यक्ष तथा सचिवालय सदस्य तथा केन्द्रीय सदस्य लगायत सम्पूर्ण थारु समुदायको साथ र समर्थन रहनेमा आफु विश्वस्त रहेको बताएका छन् । उनले संस्थाको वर्तमान संरचनामा बसेर आफुलाई सुम्पिएको सबैखाले जिम्मेवारी र कामहरु पुरागर्ने विज्ञप्तीमार्फत प्रतिवद्धता समेत जनाएका छन् ।

नेत्र थनेतको जारी विज्ञप्तीको विषयमा भने थारु कल्याणकारिणी सभा यूएईले बैठक पछि मात्रै आधिकारीक निर्णय सार्वजनिक गर्ने बताएको छ । सभाका सह कोषाध्यक्ष धर्मराज महतोकाअनुसार आगामी शुक्रवार हुने सभाको नियमित बैठकमा मात्रै विज्ञप्तीको विषयमा छलफल हुने छ । जारी विज्ञप्तीको विषयमा छलफल गरेर मात्रै स्वागत गर्ने वा नगर्ने विषयमा टुंगो लाग्नेछ ।

तत्कालिन प्रवासी थारु समाज यूएईका संस्थापक अध्यक्ष नेत्र नारायण थनेतले २०१६ सेप्टेम्बर १६ तारिखका दिन साधरण सदस्य समेत नरहने गरी संस्थावाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया