
लालु चौधरी
घोराही, असोज २१ गते । थारु पत्रकार संघ दाङको तेस्रो अधिवेशन पछिको पहिलो बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ । संघ दाङको असोज ७ गते सम्पन्न तेस्रो जिल्ला अधिवेशनको बैठकले समिक्षा तथा पदपूर्ति गरेको छ ।
बैठकले पत्रकार संघ दाङको संयोजकमा लालु चौधरीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसैगरी सल्लाकारहरुमा केवी चौधरी, लक्ष्मीमान चौधरी, छविलाल कोपिला, सविन प्रियसनलाई मनोनित गरेको छ ।
संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको समिक्षात्मक बैठकले विभिन्न क्षेत्रीय संयोजक पनि तोकेको छ ।
संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको समिक्षात्मक बैठकले विभिन्न क्षेत्रीय संयोजक पनि तोकेको छ । जसमा तुलसीपुर क्षेत्रको संयोजकमा संघकी उपाध्यक्ष अञ्जना चौधरी, घोराही क्षेत्रको संयोजकमा सह–सचिव सविता चौधरी र लमही क्षेत्र संयोजकमा सदस्य श्रीराम दहितलाई तोकेको छ ।
बैठकले उपाध्यक्ष अञ्जना चौधरीकै संयोजकत्वमा सविता चौधरी, विष्णु कुसुम, कल्पना चौधरी, अञ्जना जिन्गुनी सदस्य रहेको थारु महिला पत्रकार विभाग पनि गठन गरेको छ । त्यसैगरी बैठकले संघ दाङको ‘हमार दाङ’ मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ ।
यसैबीच संघको तेस्रो अधिवेशन श्रम तथा रोजगार राज्यमन्त्रीको उपस्थितिमा सफल भएको ठहर गर्दै समिक्षात्मक बैठकले अधिवेशन सफल पार्न नैतिक, आर्थिक तथा भौतिक सहयोग गर्ने सबैमा थारु पत्रकार संघले धन्यवाद ज्ञापन गरेको छ ।




