
काठमाडौं, कात्तिक १६ गते । भानुराम थारु नेतृत्वको पुनर्गठित नेपाल लोकतान्त्रिक फोरम र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच चुनावी तालमेलका लागि सम्झौता भएको छ । पुनर्गठित लोकतान्त्रिक फोरमका नेताहरुले मसाल चुनाव चिन्हबाट निर्वाचनमा होमिएका छन् ।
यसअघि कात्तिक ८ गते दुवै पार्टीबीच चुनावी तालमेल र चुनाव चिन्हबारे सहमति बनेको थियो । सहमतिपत्रमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष शिवलाल थापाले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षरित सम्झौतामा भनिएको छ, “नेपाल लोकतान्त्रिक फोरममा आवद्ध व्यक्तिहरुले संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह मसाल लिएर चुनावमा सहभागी हुनेछ ।” सो सहमतिलाई कार्यान्वयन गराउन पार्टीका सम्बन्धित समितिहरुलाई दुवै दलले निर्देशन गरेका छन् ।
कैलाली क्षेत्र नं ३ मा कांग्रेसले रामजनम चौधरीलाई र वाम गठबन्धनले माओवादीका गौरीशंकर चौधरीलाई उम्मेदवार बनाएका छन् । अब त्यहाँ थारुबीच नै प्रतिस्पर्धा हुने भएको छ । भानुराम थारुले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभयो ।
लोकतान्त्रिक फोरमबाट कैलालीमा तीन क्षेत्रमा उम्मेदवारी परेको भानुराम थारुले बताउनुभयो । उहाँकाअनुसार क्षेत्र नं. १ मा भगतराम थारु, क्षेत्र नं. ३ मा भानुराम थारु र क्षेत्र नं. ४ मा गीता राणा क्षेत्रीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सो दलले नवलपरासीमा पनि उम्मेदवारी दिएको थारुले जानकारी दिनुभयो ।
कैलाली क्षेत्र नं ३ मा कांग्रेसले रामजनम चौधरीलाई र वाम गठबन्धनले माओवादीका गौरीशंकर चौधरीलाई उम्मेदवार बनाएका छन् । अब त्यहाँ थारुबीच नै प्रतिस्पर्धा हुने भएको छ । भानुराम थारुले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभयो ।
विजयकुमार गच्छदार एक समूह लिएर नेपाली कांग्रेसमा प्रवेश गर्नु भएपछि असन्तुष्ट नेताहरुले सोही दललाई पुनर्गठित गरेर मसाल चिन्ह लिएर चुनावी अभियानमा होमिएका छन् ।
हेर्नुहोस् सम्झौतापत्र





