
काठमाडौं, कात्तिक २३ गते । थारु चित्रकला प्रेमीहरुका लागि थारु लोकचित्र कला प्रतियोगिता २०७४ काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा सफल चित्रकर्मीलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
नेपाल हस्तकला महासंघ काठमाडौंको आयोजनामा आगामी मंसिर १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चित्रकला प्रतियोगिताका लागि थारु, मैथिली र नेवारी समुदायको चित्रकर्मीलाई प्रतियोगितामा सहभागीताकालागि आव्हान गरिएको छ । फाराम भर्ने समय शुक्रबारसम्म रहेको महासंघका सदस्य तथा थारु संस्कृतिविद अशोक थारुले जानकारी गराउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको थारुले जानकारी गराउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको थारुले जानकारी गराउनुभयो । समाजमा लोप हुँदैगएको चित्रकलालाई उजागर गर्ने उद्देश्य र नयाँ चित्रकर्मीहरुलाई हौसला बढाउने लक्ष्यकासाथ प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।
प्रतियोगीकालागि कुनै योग्यता र उमेर नतोकिएकाले चित्रकलामा रुची राख्ने जोकोही उम्मेदवारले भाग लिन सक्ने थारुले बताउनुभयो । प्रतियोगीकालागि फाराम शुल्क ८ सय र एक प्रति पासपोर्ट साइजको फोटो माग गरिएको सदस्य थारुले जानकारी गराउनुभयो । चित्रकला कर्मीकालागि अवसरकोरुपमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।




