कैलाली क्षेत्र ५ मा कडा टक्कर, नारद रानाथारुको पक्षमा माहौल


लक्की चौधरी

धनगढी, कात्तिक २६ गते । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीको क्षेत्र नं. ५ को चुनावी सरगर्मीले केन्द्रसम्मको ध्यान तानेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा सो क्षेत्रमा कांग्रेसबाट उम्मेदवारी दिनुभएपछि सबैको नजर त्यहाँ गएको  हो ।

वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार नारदमुनी रानाथारु स्थानीय उम्मेदवार भएकाले उहाँको पक्षमा माहौल रहेको स्थानीयको बुझाई छ । देउवा पत्नी राणालाई टुरिष्ट उम्मेदवारको आरोप लागेको छ ।

त्यसलाई चिर्न उहाँले धनगढी ४ मा हालसालै तीन करोड रुपैयाँको घर किन्नु भएपनि निर्वाचन आचारसंहिता लागेकाबेला त्यसले नकारात्मक सन्देश प्रवाह गरेको धेरैको बुझाई छ । मूलतः धनगढीको बजारक्षेत्रमा कांग्रेसको संगठन बलियो भएपनि बजार बाहिर डंगौरा थारु र रानाथारुको घनावस्तीले सो मत जातीय सेन्टिमेन्टका कारण रानाथारुलाई जाने आँकलन धेरै बुद्धिजिवीहरुको छ ।

यसअघि दोस्रो संविधानसभा निर्वाचन २०७० मा शेरबहादुर देउवा कैलालीको तत्कालिन क्षेत्र नं. ६ र हालको ५ नं. क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । डडेल्धुरा र कैलाली गरी दुई ठाउँबाट निर्वाचित देउवा पछि कैलाली क्षेत्र छाड्नु भएको थियो । पछि सो क्षेत्रबाट कांग्रेसकै पुष्करनाथ ओझा निर्वाचित हुनुभयो ।

कांग्रेस सभापति देउवाले सो क्षेत्र छाडेर कैलालीको मतदाताको मतको अपमान गरेको आरोप त्यतिबेला लागेका थियो । देउवा पत्नी राणा पनि काठमाडौं केन्द्रीत भएकाले जिताएर पठाए भोलिका दिनमा कैलाली क्षेत्र नं ५ को विकास निर्माणमा वेवास्ता गर्नसक्ने टिप्पणी धेरैको छ । देउवाले कैलालीलाई छाडेर डडेल्धुरा रोजेजस्तै, भोलि देउवा पत्नी राणाले पनि जित्नकैलागि कैलालीका मतदातालाई भ¥याङ बनाई काठमाडौंमै केन्द्रीत हुनसक्ने धेरैको आशंका छ । सो हिसावले पनि कांग्रेसको मत पनि स्थानीयताका आधारमा पनि नारदमुनी रानाथारुलाई जाने आँकलन गरिएको छ ।

कैलाली क्षेत्र नं. ५ मा करिब ९३ हजार मतदाता छन् । त्यसमध्ये करिब ३१ हजार मत डंगौरा थारु र रानाथारुको मात्र छ । त्यो प्रतिशतमा ३४ प्रतिशत हो । धनगढी ८ निवासी नारनमुनी रानाथारुको आफ्नै समुदाय रानाथारुको मत ८ हजार बढी छ भने डंगौरा थारुको मत २२ हजारको हाराहारीमा छ । धनगढी उपमहानगरपालिका हुँदा कैलालीको दक्षिण पूर्वको कैलारी गाउँपालिकाका केही गाउँलाई समेत उपमहानगरपालिकामा गाभिएपछि डंगौरा थारुको मतसंख्या बढेको हो ।

कैलाली क्षेत्र नं. ५ मा करिब ९३ हजार मतदाता छन् । त्यसमध्ये करिब ३१ हजार मत डंगौरा थारु र रानाथारुको मात्र छ । त्यो प्रतिशतमा ३४ प्रतिशत हो । धनगढी ८ निवासी नारनमुनी रानाथारुको आफ्नै समुदाय रानाथारुको मत ८ हजार बढी छ भने डंगौरा थारुको मत २२ हजारको हाराहारीमा छ ।

स्थानीय निर्वाचनमा कांग्रेस मेयरका उम्मेदवार नृप वड १४ हजार ३ सय मत ल्याएर धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । दोस्रो मत स्वतन्त्र उम्मेदवार गोपी हमालले ११ हजार पाँचसय मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, तेस्रोमा माओवादी केन्द्रका रामसमज रानाथारु र चौथोमा एमालेका दुर्गा भण्डारीले मत प्राप्त गर्नुभयो ।

यसरी वाम गठबन्धन उम्मेदवारको मत गणना गर्दा मात्र २० हजारको हाराहारीमा छ । कांग्रेस मेयरले पाएको मतभन्दा अहिले वाम गठबन्धनको मत ६ हजारले बढी हो । यसअघि स्वतन्त्र उम्मेदवार हमाललाई गएको मत कांग्रेस र वाम गठवन्धनमा फर्किने आँकलन स्थानीयको छ ।

विवेकशील साझा पार्टीमा प्रवेश गरेका हमालले सो क्षेत्रबाट स्थानीय उद्योगी दिनेश भण्डारीलाई उम्मेदवार बनाउनुभएको छ । यद्यपि भण्डारी यसअघि सक्रिय कांग्रेस कार्यकर्ता भएकाले उहाँले कांग्रेसकै मत बढी काट्ने आँकलन स्थानीयको छ । वाम गठबन्धनका उम्मेदवार रानाथारु र कांग्रेसकी उम्मेदवार राणाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको निर्वाचन सरगर्मी रोचक देखिएको छ ।

उसो त त्यस क्षेत्रबाट हाल जेल जीवन व्यतित गरिरहेका लक्ष्मण थारुले पनि उम्मेदवारी दिनुभएको छ । तर उहाँको प्रभाव खासै नरहेको बुझाई स्थानीय थारुको छ । उहाँले बढीमा हजार बाह्रसय मत ल्याउने आँकलन गरिएको छ । देउवा पत्नी राणा र धनगढीका पूर्व उपमेयर भएर काम गरिक्नुभएका रानाथारु यसअघि दुवैजना व्यवस्थापिका संसदमा समानुपातिक तर्फबाट सदस्य रहेका थिए ।

उसो त पैसा र पावरको चलखेल गरेर भएपनि मत बटुल्ने प्रयास राणाले गर्नसक्ने आँकलन धेरैको भएपनि अहिलेका मतदाता पहिलेको तुलनामा सचेत भइसकेकाले त्यसले खासै अर्थ नराख्ने एक स्थानीय पत्रकारले सुनाउनुभयो ।

देउवा पत्नी भएका कारणले मात्रै निर्वाचन जित्न सहज नभएको स्थानीय एक कांग्रेस कार्यकर्ताले बताउनुभयो । उसो त पैसा र पावरको चलखेल गरेर भएपनि मत बटुल्ने प्रयास राणाले गर्नसक्ने आँकलन धेरैको भएपनि अहिलेका मतदाता पहिलेको तुलनामा सचेत भइसकेकाले त्यसले खासै अर्थ नराख्ने एक स्थानीय पत्रकारले सुनाउनुभयो । एक स्थानीय बुद्धिजीवीले नाम नबताउने सर्तमा भन्नुभयो, “टक्कर दुवैबीच कडा छ, तर स्थानीयताको मुद्दाले रानाथरुको पक्षमा मतदाता जान्छन् भन्ने लाग्छ ।”

उसो त देउवा पत्नी राणाले आफ्नो केन्द्रसम्म पहुँच भएकाले विकासका लागि भूमिका खेल्ने आश्वासन मतदातालाई दिनुभएको   छ ।यता रानाथारुले भने धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय ट्रान्जिट प्वाइन्टकोरुपमा विकास गर्ने, त्यहाँको धार्मीक, सांस्कृतिक तथा पर्यटकीय विकासका लागि दिलोज्यान दिएर लाग्ने, रानाथारु समुदायलाई छुट्टैरुपमा सूचीकृत गराउने, उद्योगधन्दा, कलकारखाना स्थापना गरी युवा स्वरोजगारको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया