थारु महिला सभा सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


कुलदिप चौधरी
सुनसरी, कात्तिक २७ गते । सुनसरीको इटहरीमा थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु महिला सभाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जीवन दान मुल नाराकासाथ आयोजना गरिएको सो कार्यक्रममा धेरैले रक्तदान गर्नुभयो । सभाकी अध्यक्ष शुशिला चौधरीको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पुर्व सभासद तथा समाजसेबि नवोदिता चौधरी रहनुभएको थियो । उहाँले समाज परिवर्तनका निम्ति थारु महिला सभाको अग्रसर भुमिका रहेको बताउनुभयो।

कार्यक्रममा विभिन्न सरोकारवालाहरु, थारु महिला सभाकी नगर अध्यक्ष सीता चौधरी, थारु कल्याणकारीणी सभाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

थारु महिला सभाले थारु संस्कार संस्कृति जगेर्ना गर्नुकासाथै हरेक दुखदायी घटना बिचारमा मलमपट्टि समाजमा लगाएको बताउनुभयो ।
थारु कानुनी व्यवसायी सभाको केन्द्रिय अध्यक्ष रामराज चौधरीले महिलाहरु घास, दाउरा, चुलाचौकामा मात्र सीमित रहन नहुने बताउनु  भयो ।

यसैगरि शुशिला लेखिले पनि कार्यक्रमलाई सम्बोधन गर्दै थारु महिलाहरु केही वर्ष अगाडी घुम्टोभित्र बस्न बाध्य भएको अवस्थामा आज थारु महिला सभाले उनिहरुलार्इ साक्षरता गराइ सबैको सामुने बोल्ने सक्षम बनाएको बताउनुभयो ।

कार्यक्रममा थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष जानकी चौधरीले पनि महिलासभाले विभिन्न कार्यक्रमका आयोजना गरी महिलाको क्षमता अभिबृद्धिको काम गरेको तर्क गर्नुभयो ।

कार्यक्रममा विभिन्न सरोकारवालाहरु, थारु महिला सभाकी नगर अध्यक्ष सीता चौधरी, थारु कल्याणकारीणी सभाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय सदस्य कुलदिप चौधरी, मोरङ्ग्का अध्यक्ष एलएन गच्छदार, सचिब सुनिल चौधरी, पत्रकार यम प्रधान, सुप्रिया राई, सरस्वती चौधरी लगायतको सहभागिता थियो । थारु महिला सभाको आयोजना र रेडक्रस धरानको सहयोमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

यसैबीच सामुदायिक प्रहरी सेवा केन्द्रले पनि सुनसरी रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् ।

तपाईको प्रतिक्रिया