
धनगढी, कात्तिक २८ गते । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा नेकपा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार नारदमुनी रानाथारुले काँग्रेस नेतृ आरजु राणा देउवासँग आम जनताको पहुंंच नपुग्ने बताउनुभएको छ ।
मानौ उहाँ निर्वाचित भएमा उहाँलाई भेटेर आफ्ना गुनासा सुनाउन आम मतदाताले कति पापड बेल्नुपर्ला ? रानाले भन्नुभयो, “स्थानीयरुपमा सहजै उपलब्ध हुने र जनताको गुनासो सुन्नसक्ने उपयुक्त उम्मेदवार मै हुँ ।”
प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाकी पत्नी समेत रहनुभएकी नेतृ आरजुसँग अहिलेको अवस्थामा नेपाल सरकारका सचिव र मन्त्रीहरुले समेत भेट्न गाह्रो पर्ने अवस्थामा धनगढीका आममतदाताको पहुँच सहजै हुनसक्ने कुरै भएन रानाथारुले बताउनुभयो ।
एमालेका नेता तथा उम्मेदवार रानाथारुले मतदाताहरुका माझमा कुराकानी गर्दै यहि माटोमा हुर्केको यहि माटोमा खेलेको र मरेपनि यहि माटोमा मर्ने हो र जनताको सेवामा लागि रहने प्रतिवद्धता जनाउनुभयो ।
चुनावका बेलामा आएर धनगढी क्षेत्रका जनताका समस्याका बारेमा आरजुले गोहीका आँशु चुहाउनुको केही अर्थ नरहेको बताउँदै रानाले चुनावको मुखमा आएर धनगढीमा घर किनेको हल्ला चलाएर मतदाताको ध्यान मोड्न खोजेको आरोप लगाउनुभयो ।
काठमाण्डौको बुढानिलकण्ठ दरबारमा सुख सुविधामा बस्नेले यस्तो ठाउँमा बसेर जनताको पक्षमा काम गर्छु भन्नु जनताको आँखामा छारो हाल्नु हो रानाथारुले टिप्पणी गर्नुभयो ।
तीन चार करोड रुपैंयामा घर किन्ने पैसा कहाँबाट आयो ? यसको सोधखोज हुन जरुरी छ उहाँले भन्नुभयो । एउटा साँसदको कमाईले यति महंगो घर किन्न सकिन्छ ? जिज्ञासा गर्दै उहाँले आम मतदातालाई सो बारे बुझ्न आग्रह गर्नुभयो ।
धनगढीका सोझासाझा मतदातालाई भ्रममा पारेर काँग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएकी आरजुले घर किनेर यहिँ बस्ने र जनताको सेवा गर्ने प्रचार गर्नुमा कुनै सत्यता नभएको बताउनुभयो ।
काठमाण्डौको बुढानिलकण्ठ दरबारमा सुख सुविधामा बस्नेले यस्तो ठाउँमा बसेर जनताको पक्षमा काम गर्छु भन्नु जनताको आँखामा छारो हाल्नु हो रानाथारुले टिप्पणी गर्नुभयो ।
अहिले निर्वाचन क्षेत्रका ग्रामीण वस्तीमा पुगेर स्थानीय थारुहरुको लेहंगा लगाएर ढकिया बोकेर जनताको पक्षमा काम हुन नसक्ने जिकिर गर्दै रानाले जनताको पक्षमा साँच्चै काम गर्ने हो भने यसअघि गाँउमा पुगेर जनताका सामान्य कामहरु पनि किन हुन सकेनन् ? प्रश्न गर्नुभयो ।
मन्त्री र सचिवले भेट्ने समय माग्दा हप्तौंसम्म पालो नपाउने अवस्थामा धनगढीका ग्रामीण क्षेत्रका जनताले भेट्ने र आफ्ना दुःखका कुरा आरजुसँग कसरी सुनाउन पाउलान ?
मन्त्री र सचिवले भेट्ने समय माग्दा हप्तौंसम्म पालो नपाउने अवस्थामा धनगढीका ग्रामीण क्षेत्रका जनताले भेट्ने र आफ्ना दुःखका कुरा आरजुसँग कसरी सुनाउन पाउलान ? जिज्ञासा गर्दै रानाथारुले कुनै भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
अहिले जनतालाई ढाँटेर मत माग्ने काम भइरहेको छ । जनताले बेलैमा बुद्धि नपुर्याए पछि दुःख पाइने बताउँदै उहाँले आम मतदाताहरुलाई सचेत रहन आग्रह गर्नुभयो । यस पटक बाम गठबन्धको बलियो सरकार बन्ने भएकाले आम मतदाताहरुलाई बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत उहाँले अव्हान गर्नुभयो ।
यसअघि विकासका विभिन्न नारा र आश्वासन दिएर २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्रनं ६ बाट शेरबहादुर देउवा विजयी भएर पनि कुनै काम नगरेको भन्दै उहाँले आरजु जितेमा पनि हालत त्यही हुने दावी गर्नुभयो ।




