जेब्राक्रसिङको वारपार बार लगाएपछि सर्वसाधारणलाई हिड्न सास्ती


भगतराम थारु
नेपालगन्ज, मंसिर १ गते । यात्रुलाई सहज होस भनेर नेपालगन्जको चारलेन सडकमा बनाईएको जेब्रा क्रसिङले यात्रुलाई उल्टो सास्ती दिएको छ ।

यात्रुलाई सहजतापूर्वक सडक वारपार गर्न बनाईएको जेब्राक्रसिङले यात्रुलाई झन सास्ती भएको सर्वसाधारणहरु बताउँछन् । जेब्राक्रसिङ छ, सडक पेटीसम्म जाने खुल्ला बाटो छैन कसरी सहजता पाउने एक बटुवाले भने । हिजोआज तपाईं पुष्पलाल चोक पुग्नुभएको छ ? नपुगेको भएपनि यहाँ एकपटक पुग्नुस् एकजना स्थानिय व्यापारीले भने ।

सडक पार गर्न बनाइएको जेब्रा क्रसिङको बीचमा बार लगाईएको छ । ज्रेबा क्रसिङ भनेको बाटो पार गर्ने ठाउँ हो तर यहाँ बार लगाइएको छ कसरी जेब्रा क्रसिङको महसुस गर्ने? एक स्थानियको जिज्ञासा छ । बार बार्नु भनेको बाटो छेक्ने काम हो बाटो पार गर्ने ठाउँमा बार ठड्याएर के गरेको त यस्तो ? उनको प्रश्न छ ।

पुष्पलाल चोक र धम्बोझी चोकमा जेब्रा क्रसिङ पारगर्ने ठाउँमा रेलिङ (बार) लगाएको छ । जेब्राक्रसिङबाट हिड्न पैदलयात्रु सडकवारपार गर्दा झुक्किने गरेका छन् । जेब्रा क्रसिङ भएको ठाउँमा बार भएपछि जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्नुपर्ने बाध्यता भएका छन पैदलयात्रु ।

जेब्राक्रसिङ भएको ठाउँमा रेलिङ लगाएकोबारे हटाउन सडकलाई जानकारी गराईसकेको उहाँले भन्नुभयो ।

अलि धेरै भीडभाड हुने ठाउँ भएकाले पुष्पलाल चोक नजिकै दुईवटा जेब्रा क्रसिङको व्यवस्था गरिएको छ । जेब्रा क्रसिङ र छेकबार एकैठाउँमा राखेर पैदलयात्रुलाई झुक्याउन सम्बन्धित निकायको लाचारी रहेको सर्वसाधरणको गुनासो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हुमबहादुर थापाले जेब्राक्रसिङ भएको ठाउँ खुल्ला हुन पर्ने बताउनुभयो । जेब्राक्रसिङ भएको ठाउँमा रेलिङ लगाएकोबारे हटाउन सडकलाई जानकारी गराईसकेको उहाँले भन्नुभयो । सडक पार गर्न रेलिङ लगाएको कार्य ट्राफिक नियम विपरित रहेको प्रमुख थापाले बताउनुभयो ।

मर्मत सम्भार गर्ने कार्य सवै जिम्मा सडकले गर्नुपर्ने भएको समेत उहाँले बताउनुभयो । यस्तै सडक डिभिजन कार्यालयका प्रमख अर्जुन बमसँग जेब्रा क्रसिङबारे बुझन खोज्दा कहिले विदा कहिले मिटिङमा भएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया