कलाकार पर्शुराम चौधरीको सुनसरी प्रदेश नं. १ बाट उमेदवारी


सुनिल चौधरी
झुम्का, मंसिर ६ गते । कलाकार तथा पत्रकार पर्शुराम चौधरी सुनसरी प्रदेश नं. १ बाट समानुपातीकका उमेदवार भएका छन् । लामो समयदेखि कलाकार र पत्रकारित्तामा आबद्ध भएर काम गर्दैआएका चौधरी वाम गठबन्धनको माओवादी केन्द्रको तर्फबाट उमेदवारी दिएका हुन् ।

कलाकार र पत्रकारहरुको हकहितका मुद्दा उठाउँदै आएका नायक र निर्माता समेत रहेका चौधरीले आफु जिते सो क्षेत्रको व्यवस्थापनमा थप भूमिका खेल्ने प्रतिबद्धता जनाए । सबैको कुरा बोल्ने कलाकार र पत्रकार नै ओझेलमा पर्दैगएका कारण सुरक्षा र पेसामा चुनौति थपिदै गएको बताउदै उनले मतकालागि सबै समक्ष अनुरोध गरेका छन् । थारु पत्रकार संघ सुनसरीले गरेको चौधरीसँगको अन्तरक्रियामा उनले सो कुरा बताए ।

थारु, नेपाली, भोजपुरी, मैथली भाषाका फिल्म, एल्बम र नेपाल टेलिभिजनबाट थारु भाषाका कार्यक्रम सञ्चालनमा ब्यस्त रहने चौधरी अहिले गाउँघरमा चुनावि प्रचार प्रसारमा ब्यस्त देखिएका छन् । भाषा संरक्षणकालागि उनले चौधरी थारु भाषामै पहिलो चलचित्र “करम” निर्माण गरेका थिए । त्यतिबेला चलचित्र चलाउनु गैरकानुनी रहेको भन्दै उनलाई राज्यले मोस्ट वान्टेडमै राख्यो ।

भाषा संरक्षणकालागि उनले चौधरी थारु भाषामै पहिलो चलचित्र “करम” निर्माण गरेका थिए । त्यतिबेला चलचित्र चलाउनु गैरकानुनी रहेको भन्दै उनलाई राज्यले मोस्ट वान्टेडमै राख्यो ।

संघर्ष नै जीवन हो भन्दै थारु भाषाका चलचित्र आखिरमा दर्शक सामु ल्याएरै छाडे । चलचित्र बिकासबोर्डबाट स्विकृति लिएर दर्शकमाझ ल्याउँदा त्यसबाट थारु भाषाको जित भएको काम चौधरीले आफनो मेहनतबाट ल्याएका थिए । यसरी नेपाली संस्कार संस्कृति संरक्षणकालागि धेरै नै संघर्ष गरेका छन् ।

२०४३ सालबाट पत्रकारिता तथा कलाकारितामा आबद्ध भएर नेपाल टेलिभिजनमा प्राबिधिक, रिर्पोटर, कार्यक्रम सञ्चालक गर्दै आएका नायक चौधरीले थारुहरुको हक, हित र कल्याणको लागि जीवन समर्पित गर्दैआएका छन् । अव राजनीतिमार्फत थप सेवा दिने प्रतिवद्धता मेरो हो, उनले भने ।

सानैदेखि प्रगतिशील फाँटमा रहेर कम्युनिष्ट राजनीति गर्दैआएको बताउँदै नायक चौधरीले तीन दशक लामो संघर्ष पश्चात बल्ल उम्मेदवार बन्ने आफ्नो पालो आएको भनेका छन् ।

सुनसरी रामधुनीको झुम्का बजारमा म्याजिक सिनेमाहलका संचालक समेत रहेका चौधरी नेपाली चलचित्र बलिदान लगायत बिभिन्न भाषाका चलचित्रमा अभिनय गरी सकेका छन् । थारु कलाकार तथा चलचित्र संघका केन्द्रिय अध्यक्ष रहेर अहिले गाउँघरमा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सो संस्थाबाट योगदान दिएका छन् ।

तपाईको प्रतिक्रिया