थारु समुदायकालागि प्रेरणाको स्रोत बन्दै थारु महिला उत्थान समाज


कुलदिप चौधरी
सुनसरी, मङ्सिर ७ गते । सुनसरी जिल्लाको रामधुनी नगरपालिका १ मा अवस्थित थारु महिला उत्थान समाज आफ्नो कामले दिनदिनै थारु समुदायका लागि प्रेरणाको स्रोत बन्दै गएको छ ।

२०७३ भदौ २५ गते स्थापना भएको उत्थान समाज छोटो समयमा थारु समुदायमा उदाहरणीय काम गरेर प्रतिष्ठा कायम गरेको छ । थारु समुदायको जनचेतना देखि सांस्कृतिक संरक्षणमा समेत योगदान दिंदैआएको समाजले थारु दिदीवहिनीहरुलाई एकीकृत गर्ने कामसमेत गरेको छ ।

थारु समुदायको हक अधिकार, भाषा, संस्कृतिक, रीतिरिवाज परम्परा लोपोन्मुख अवस्थामा रहेकोे संस्कार संस्कृतिलाई समयानुकुल प्रवद्र्धन गर्ने भूमिकामा सो संस्था सक्रिय रहँदैआएको छ । उत्थान समाजकी अध्यक्ष सीता चौधरीले निस्वार्थ भावकासाथ समाजका लागि संस्थामार्फत सक्दो काम गरिरहेको बताउनुभयो ।

यहि समाज हो जहाँ महिलाले केही बोल्न नहुने, केहि गर्नै नहुने, घाँसदाउरा चुलाचौकामा सीमित भएर घुम्टो भित्र बाच्नु पर्न अवस्था थियो, तर अहिले त्यस्तो छैन अध्यक्ष चौधरीले भन्नुभयो ।

त्यहि कुराहरुलार्इ मनन गरी महिला साक्षरता, महिला बिकास, हक अधिकारका कुराहरुकानिम्ति अगाडि बढन हामी थारु महिलाहरु एकजुट भई उत्थान समाज गठन गरेका हौं चौधरीको भनाई छ ।

समाजमा विद्यमान शोषण, हत्या, हिंसा, अन्याय र अत्याचारमा नपरुन भन्ने उदेश्यले महिलाहरुको छाता संगठन उत्थान समाजले आफ्नो क्रियाकलाप अगाडि बढाएको अध्यक्ष चौधरीले तर्क गर्नुभयो ।

समाजले संस्कार संस्कृतिका जगेर्नाका निम्ति माघी महोत्सव ,जितिया महोत्सव, सिरुवा, जुरसितल, समा चकेवा, झुमैरलगायतका कार्यक्रम र समाजिक क्षेत्रमा, बाढी पीडित, अग्नी पीडितलाई राहत संकलन र वितरणको काम समेत गर्दैआएको छ ।

समाजले संस्कार संस्कृतिका जगेर्नाका निम्ति माघी महोत्सव ,जितिया महोत्सव, सिरुवा, जुरसितल, समा चकेवा, झुमैरलगायतका कार्यक्रम र समाजिक क्षेत्रमा, बाढी पीडित, अग्नी पीडितलाई राहत संकलन र वितरणको काम समेत गर्दैआएको छ ।

बौद्धिक अपाङ्गता, दृष्टि बिहिनलाइ न्यानो कपडा बितरणका साथै सक्दो नगद रासी समेत उपलब्ध गराउँदै आएको छ । त्यस्तै, एकल महिला, जेष्ठ नागरिकलाई सम्मानगरी छोटो समयमा महिला उत्थान समाज आफुलाइ समाजमा स्थापित गर्न सफल भएको छ । समाज निर्माणकानिम्ति उत्थान समाजको महत्वोपुर्ण योगदान रहेको समुदायका अन्य व्यक्तिहरुले पनि तर्क गर्छन् ।

११ सदस्यीय कार्य समिती रहेको उत्थान समाजमा क्रमशः उपाध्यक्ष बिमला चौधरी, सचिब रजिता चौधरी, कोषाध्यक्ष आशा चौधरी, सदस्यहरुमा, सनम, गया,उर्मिला, भगवती, रमिता चौधरी रहेको थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया