
सुनिल चौधरी
झुम्का,मंसिर ९ गते । बिभिन्न पार्टिबाट उमेदवार भएका सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा र प्रदेश सभाका थारु उम्मेदवारले पहिचानका मुद्दा प्राथमिक्तमा राखेको बताएका छन् ।
थारु कल्याणकारी सभा सुनसरी जिल्लाले थारु उम्मेदवारसँग शुुक्रवार गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै थारु उमेदवाहरु आ–आफ्ना घोषणा पत्रमा बिभिन्न प्रतिबद्धता जनाईरहदा पहिचान र अधिकारका सवालमा के गर्न सक्ने भुमिका सम्बन्धमा थाकस सुनसरीले छलफल गरेको हो ।
छलफलमा सहभागी उम्मेदवारले प्रमुख मुद्दा पहिचानकै भएको हुँदा संबिधान संसोधनबाट थारु, आदिवासी, जनजाती, मधेशी, दलित, महिला, मुस्लिम, किसानलाई अधिकार सम्पन्न बनाई राज्यको मुल प्रवाहमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
सुनसरी क्षेत्र नं. २ बाट संघिय समाजवादि फोरम नेपालको तर्फबाट प्रत्यक्ष प्रतिनिधि सभाका उमेदवार तेजनारायण चौधरीले भन्नुभयो, म पहिचानकै लागि जिवनमा संघर्ष गर्दै आएको छु र संघर्ष गर्दै रहने छु । चुनावमा मेरो जित भयो भने उत्पीडित बर्गको अधिकारका लागि राज्यसँग लड्ने उहाँले बताउनु भयो ।
त्यसैगरी प्रतिनिधि सभाकालागि स्वतन्त्र उम्मेदवारी दिनुभएका नुनुलाल चौधरीले पहिचानकै मुद्दा प्राथमिक्तामा राखेको भन्दै जातीय स्वयतता र स्वशासनको संबैधानिक ग्यारेन्टिकालागि आई.एल.ओ १६९ लाई कार्यन्वयन गर्न प्रतिबद्धता जनाउनुभयो ।
प्रतिनिधि सभाका उमेदवार तेजनारायण चौधरीले भन्नुभयो, म पहिचानकै लागि जिवनमा संघर्ष गर्दै आएको छु र संघर्ष गर्दै रहने छु ।
वाम गठ बन्धनबाट प्रदेश नं. १ का समानुपातिक उमेदवार कालाकार पर्शुराम चौधरीले आफनो भनाई राख्दै थारुहरुले अपेक्षा गरेको थियो तर राज्यले उपेक्षा गरेको भन्दै अधिकार सम्पन्नकालागि कलाकारबाट उम्मेदवारी दिएको बताउनु भयो ।
सुनसरी क्षेत्र नं. २ दुईका प्रदेश सभाकालागि प्रत्यक्ष उम्मेदवार राजेश चौधरीले संबिधान संशोधनबाट पहिचान स्थापितका लागि उम्मेदवारी दिएको बताउनु भयो ।
थाकस जिल्ला अध्यक्ष पुनितलाल चौधरीको सभापत्विमा भएको सो कार्यक्रममा उपस्थित थारु पत्रकार संघका केन्द्रिय सदस्य कुलदिप चौधरी, अन्य नेतामा लिलानाथ गच्छदार, कानून व्यवसायी रामराज चौधरी, थारु महिला सभा जिल्लाकी अध्यक्ष शुसिला चौधरी, थाकस रामधुनी नगरअध्यक्ष राजकुमार चौधरी, थारु महिला सभा ईटहरी नगर अध्यक्ष सुसिला लेखि लगायत थाकस जिल्ला सदस्यहरुले थारुका मुद्दाहरु शसक्त उठानकालागि सुझाव दिएका थिए ।




