वर्दिया २ मा दुई थारुबीच भिडन्त, विकासे नाराले मतदाता तान्ने प्रयास


लक्की चौधरी

काठमाडौं, मंसिर ११ गते । प्रदेश नं. ५ को वर्दिया जिल्लाको क्षेत्र नं. २ मा दुईजना बहालवाला थारु मन्त्रीबीच भिडन्त भइरहेको छ । थारु बहुल क्षेत्र रहेको सो क्षेत्रमा विकासे नारा दिएर दुवैजनाले मतदाता रिझाउने प्रयास गरिरहनु भएको छ । क्षेत्र नं. २ मा एकलाख ३३ हजार ११६ मतदाता छन् ।

उम्मेदवार थारु अहिले वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिनुभएको छ । सो क्षेत्रमा स्थानीय तहको निर्वाचनको मत गणना गर्दा करिब २२ हजार मतले थारु आफ्नो प्रतिस्पर्धी गोपाल दहितभन्दा अगाडि देखिनुभएको छ ।

जसमध्ये ६५ प्रतिशत थारुको मत छ । यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट माओवादीका सन्तकुमार थारु निर्वाचित हुनुभएको थियो । दुई कार्यकाल सो क्षेत्रको सांसद रहिसक्नु भएका थारुले विकासको कामले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुहुन्छ ।  उम्मेदवार थारु अहिले वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिनुभएको छ । सो क्षेत्रमा स्थानीय तहको निर्वाचनको मत गणना गर्दा करिब २२ हजार मतले थारु आफ्नो प्रतिस्पर्धी गोपाल दहितभन्दा अगाडि देखिनुभएको छ ।

थारुले आफ्नो पक्षमा मतदाताको लहर रहेकाले जित सुनिश्चित् रहेको दावी गर्नुहुन्छ ।  थारुले आफ्नो जित्ने आधार मुख्य तीनवटा प्रस्तुत गर्नुभयो । जसमा पहिलो वाम गठबन्धनकाकारण मतदाता संख्यामा बृद्धि, स्थानीय तहको निर्वाचनको हिसावले २२ हजार बढी मत र दुई पटक संविधानसभाको निर्वाचनमा निर्वाचित भएर स्थानीय विकास निर्माण र जनताको दुःखमासाथ दिएकाले आफू पुनः जित्ने उहाँको भनाई छ । अहिले सो क्षेत्रको ९० प्रतिशत मत आफ्नो पक्षमा रहेको अनुमान उहाँको छ ।

त्यस्तै दावी गोपाल दहितले गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसको तर्फबाट सो क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । यसअघि राप्रपामा रहनुभएका दहितले पछि थरुहट तराई पार्टी नेपालको वरिष्ठ नेता हुनुभयो । सो पार्टी विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा विलय भएपछि उहाँ सो दलको वरिष्ठ नेता रहनुभयो । गच्छदारले आफ्नो पार्टी कांग्रेसमा विलय गराएपछि दहित पनि संगसँगै कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

यसअघ राजतन्त्रकालमै सहायक राज्यमन्त्री भइसक्नुभएका दहित यसअघिको संविधानसभामा समानुपातिक तर्फबाट सांसद हुनुहुन्थ्यो । थरुहट तराई पार्टी नेपालको तर्फबाट उहाँ सांसद बन्नुभएको थियो । दहितले माहौल आफ्नो पक्षमा रहेको दावी गर्नुभयो । दुई कार्यकाल सन्तकुमार थारुले निर्वाचन जितेपनि विकासको काम केही नगरेको आरोप उहाँको छ ।

शेरबहादुर देउवा नेतृत्वको हालको सरकारमा दहित भूमिसुधार मन्त्री हुनुहुन्छ भने सन्तकुमार थारु पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।

दहितले चुनाव जित्ने मुख्य आधार प्रस्तुत गर्दै भन्नुभयो, बौद्धिक व्यक्तित्वका कारण, लोकतान्त्रिक शक्तिको मानवाधिकारको नाराका कारण, विकास निर्माण र योजना निर्माणका कारणले चुनाव जित्छुँ । आफू मन्त्री हुँदा यहाँको सुकुम्बासी, मुक्तकमैया, कमलरीका लागि थुप्रै काम गरेकाले जित सुनिश्चित रहेको उहाँले तर्क गर्नुभयो ।

शेरबहादुर देउवा नेतृत्वको हालको सरकारमा दहित भूमिसुधार मन्त्री हुनुहुन्छ भने सन्तकुमार थारु पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो । तर उहाँ अहिले विना विभागीय मन्त्रीको जिम्मामा हुनुहुन्छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि दहित १० दिनकालागि भूमिसुधार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया