
लक्की चौधरी
काठमाडौ, मंसिर १२ गते । हरेक वर्षजस्तै यस वर्ष पनि उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले माघी महोत्सव २०७४ मनाउने तयारी गरेका छन् । टुँडीखेलमा मनाउने एक दिने माघी महोत्सवकालागि मैदान बुकिङ्गको दुई समूहले छुट्टाछुट्टै पत्र दर्ता गराएका छन् ।
थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समिति र थारु विद्यार्थी समाज (थाविस) केन्द्रीय समिति तथा वर्दियाली थारु विकास मञ्चको नामबाट अर्को पत्र मैदानका लागि सैनिक जनसम्पर्क कार्यालयमा दर्ता गरिएको आयोजकले बताएका छन् ।
थाकस उपत्यका समितिका अध्यक्ष सत्यनारायण चौधरीकाअनुसार टुँडीखेलमा माघ १ गते मनाइने माघी महोत्सवका लागि अलग–अलग पत्र दर्ता गरिए पनि सहमति गरी एकै ठाउँमा महोत्सव मनाउने प्रयास जारी रहेको बताउनुभयो ।
थाकस उपत्यका समितिका अध्यक्ष सत्यनारायण चौधरीकाअनुसार टुँडीखेलमा माघ १ गते मनाइने माघी महोत्सवका लागि अलग–अलग पत्र दर्ता गरिए पनि सहमति गरी एकै ठाउँमा महोत्सव मनाउने प्रयास जारी रहेको बताउनुभयो । सैनिक कार्यालयले समेत एकै ठाउँमा महोत्सव मनाउन आग्रह गरेकाले आफूहरुलाई त्यसले दवाव पुगेको चौधरीको भनाई छ ।
त्यस्तै, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले महोत्सवको तयारी शुरु भएको बताउनुभयो । यसअघिको वर्ष दुई ठाउँमा महोत्सव भएपनि यस वर्ष एकै ठाउँमा मनाउन आफूहरु सकारात्मक रहेपनि थाकसले केही शर्त पूरा गर्नुपर्ने तर्क गर्नुभयो । महोत्सवबाट संकलन हुने रकमका लागि दुवै आयोेजक संस्थाको नाममा संयुक्त खाता सञ्चालन गर्ने र हरहिसाव पारदर्शी बनाउनेगरी सहमति भए माघी महोत्सव एकै ठाउँमा सम्भव भएको चौधरीले बताउनुभयो ।
माघी महोत्सवबाट संकलन हुने रकमको पारदर्शीता नभएको भन्दै अर्को पक्ष थाकससँग रुष्ट भएर दुई वर्षदेखि महोत्सव अलग मनाउँदै आएको छ । त्यसले थारुहरुमा फुटको सन्देश गएको र दुई ठाउँको महोत्सवले व्यापार व्यवसायमा समेत घाटा भएको बुझाई आयोजकहरुको छ । त्यसलाई मध्येनजर गर्दै यसवर्ष पुनः एकै ठाउँमा महोत्सवको तयारी भएको भएपनि अझै छलफल हुन बाँकी रहेको आयोजकले बताएका छन् । एक चरणको छलफल भएपनि टुंगोमा पुगिनसकेको चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।
गत वर्ष ७ लाख रुपैयाँ आयोजकलाई सरकारले उपलब्ध गराएपनि त्यसमा पनि दुई भाग लगाएर आयोजकले लिएका थिए । सो रकममा आयोजकबीच नै असन्तुष्टि बढेपछि दुवैलाई एकै ठाउँमा महोत्सव गर्न थप दवाव पुगेको बुझाई केही थारु अगुवाहरुको छ ।
महोत्सवका लागि सरकारले केही सीमित रकम उपलब्ध गराउँदै आएको छ । गत वर्ष ७ लाख रुपैयाँ आयोजकलाई सरकारले उपलब्ध गराएपनि त्यसमा पनि दुई भाग लगाएर आयोजकले लिएका थिए । सो रकममा आयोजकबीच नै असन्तुष्टि बढेपछि दुवैलाई एकै ठाउँमा महोत्सव गर्न थप दवाव पुगेको बुझाई केही थारु अगुवाहरुको छ ।
थारु समुदायको भाषा, संस्कृतिको संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य राखेर थारु कल्याणकारिणीसभाले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ । तर गएको दुई वर्षदेखि थारुबीच नै फुट भएपछि महोत्सव दुई ठाउँमा हुँदै आएको छ ।
महोत्सवमा थारु पोशाकको प्रदर्शन, थारु फुड फेष्टिबल, थारु नृत्य तथा झाँकी, हस्तकला प्रदर्शन, थारुको हकअधिकार तथा राजनीतिक विषयमा संवादको कार्यक्रम हुने गरेको छ । थारु समुदायको प्रमुख चाडकोरुपमा रहेको माघी पर्वलाई थारुले एक सातासम्म मनाउने गर्दछन् । काम विशेषले घर जान नसकेका थारु समुदायका प्रतिनिधिले काठमाडौंमा महोत्सव मनाउने गरेका छन् ।




