अस्पतालको शैया बढाउँदैमा चुनाव जितिन्नः नारदमुनि रानाथारु


दिनेश ठकुल्ला
धनगढी, मंसिर १५ गते । बाम गठबन्धनको तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार नारदमुनी रानाले चुनावको मुखमा अस्पतालको शैया बढाउदैमा र घर किन्दैमा चुनाव नजितिने बताउनुभएको छ ।

धनगढी जेसिसले आज धनगढीमा आयोजना गरेका उम्मेद्वारसग जनता कार्यक्रममा बोल्दै रानाले प्रतिस्पर्धी काग्रेसकी उम्मेद्वार डा। आरजु राणा देउवालाई लक्षित गर्दै सो कुरा बताउनुभएको हो ।

आरजुले खोला देख्ने वित्तिकै पुल बनाईदिन्छु, कच्ची सडक देख्ने वित्तिकै पक्की सडक बनाईदिन्छु भन्ने गरेको आरोप लगाउनुभएका रानाले चुनावको मुखमा झुटा आश्वासन मतदातालाई नवाडन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री पत्नी समेत रहनुभएकी राणाले टुरिष्ट उम्मेद्वारको आरोप लागेपछि धनगढीमा ३ करोड रुपैयामा नया घर किन्नुभएको छ भने सरकारले केही दिन अघि सेती अञ्चल अस्पताललाई तिन सय शैयाको बनाउने गरेको निर्णय आफनो पहलमा भएको दावी गर्दै आउनुभएको छ ।

आरजुले खोला देख्ने वित्तिकै पुल बनाईदिन्छु, कच्ची सडक देख्ने वित्तिकै पक्की सडक बनाईदिन्छु भन्ने गरेको आरोप लगाउनुभएका रानाले चुनावको मुखमा झुटा आश्वासन मतदातालाई नवाडन आग्रह गर्नुभयो । यसअघि यस क्षेत्रबाट चुनाव जितेर गएका प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका बाचा केही पुरा नगरेको समेत बताउनुभयो ।

प्रधानमनत्री देउवाप्रति लक्षित गर्दै व्यक्तिगत स्वार्थका लागि गेटा मेडिकल कलेज र खुटिया–दीपायल फाष्ट्र ट्रयाकलाई ढिलाई गरिएको समेत आरोप लगाउनुभयो । व्यक्तिको मेडिकल कलेज खोल्नका लागि प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजको निर्माण कार्य सुरुमा ढिलाई भएको रानाले बताउनुभयो ।

सुदुरपश्चिम सम्भावनाको खानी भएकाले अव बन्ने बाम गठबनधनको सरकारले यस क्षेत्रमा विकाशको नेतृत्व गर्ने रानाले बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदा गेटा मेडिकल कलेजका लागि बजेट छुटयाईएपछि हाल मेडिकल कलेजका निर्माण कार्य सुरु भएको रानाको दावी छ । त्यस्तै, खुटिया–दीपायल फाष्ट्र ट्रयाक सञ्चालनमा आएपछि डडेल्धुरा ओझेलमा पर्ने भन्दै देउवाले नै उक्त फाष्ट्र ट्रयाक निर्माणमा ढिलाई गरिरहेको आरोप रानाले लगाउनुभयो ।

सुदुरपश्चिमबाट देउवा चार चार पटक प्रधानमन्त्री हुदा समेत यहाको विकाशका लागि कही गर्न नसकेको रानाले आरोप लगाउनुभयो । सुदुरपश्चिमको विकाश भन्दा व्यक्तित विकाशमा देउवा लागेको आरोप रानाको छ । सुदुरपश्चिम सम्भावनाको खानी भएकाले अव बन्ने बाम गठबनधनको सरकारले यस क्षेत्रमा विकाशको नेतृत्व गर्ने रानाले बताउनुभयो । उहाले यस क्षेत्रबाट आफले जितेर गएपछि सुकुम्बासि, मुक्त कमैया, हलिया लगायतका समस्या सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

तपाईको प्रतिक्रिया