दाङका थारु कलाकारहरु म्युजिक भिडियो निर्माणतिर आकर्षित हुँदै


विष्णु कुशुम

घोराही, मंसिर २० गते । संस्कृतिको धनी मानिने थारु समुदायमा अब केहि गर्ने आशा पलाएको छ । थारु समुदायमा पछिल्लो समय म्युजिक भिडियो बनाउनेक्रम बढिरहेको अवस्थामा युवा पुस्तालाई मध्यनजर गर्दै आधुनिक गीत तथा नृत्यप्रति यस समुदायको निकै लगाव बढेको पाइएको छ ।

दाङमा पनि थारु कलाकार संघ स्थापना भएलगत्तै दङ्गाली थारु कलाकारहरु हर्षित देखिन्छन् । पछिल्लो समयमा थारु कलाकारहरु निकै उत्साहित देखिन थालेका छन् । केहि समय अगाडि मौन बसिरहेका दाङका चर्चित कलाकारहरु अहिले नयाँ साेंचकासाथ लागिपरेका छन् ।

‘चौतारी सितलु पिपल छायाँले …बोलको गीतको म्युजिक भिडियो सुटिङ सम्पन्न भएको छ । थारु कलाकार संघ दाङको यो पहिलो म्युजिक भिडियो मंसिरको अन्तिमसम्म सार्वजनिक हुने भएको छ ।

यसैबीच धेरै नै चर्चा कमाइसकेको ‘चौतारी सितलु पिपल छायाँले …बोलको गीतको म्युजिक भिडियो सुटिङ सम्पन्न भएको छ । थारु कलाकार संघ दाङको यो पहिलो म्युजिक भिडियो मंसिरको अन्तिमसम्म सार्वजनिक हुने भएको छ । थारु गायक सालिकराम चौधरीको शब्दमा गायिका टीका पुन र सालिकराम चौधरीले उक्त गीतमा स्वर दिएका छन् ।

बिहारी दहितको छायाङ्कन रहेको म्युजिक भिडियोमा निर्देशन दिपक दिपले गरेका छन् भने श्रीनारायण चौधरी र रोशन रत्गैयाले निर्माण गरेका हुन् । दाङको धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर महादेवको मन्दिर धारपानीमा छायांकन गरिएको छ ।

सो म्युजिक भिडियोमा थारु कलाकार संघ दाङका सदस्य रवी चौधरी र अस्मिता चौधरीले अभिनय तथा नृत्य गरेका छन् । फ्युजन डान्स एकेडेमीको कोरस डान्स रहेको छ ।

तपाईको प्रतिक्रिया