थारु युवाले भने,‘थारुको अधिकारकालागि युवा संगठित हुनुपर्छ’


लालु चौधरी

तुलसीपुर, मंसिर २० गते । थारु समुदायको अधिकार प्राप्तीकालागि थारु युवाहरु नै संगठित भएर लाग्नुपर्ने थारु युवाहरुले एक कार्यक्रममा बताएका छन् ।

तुलसीपुरमा भएको थारु युवाहरुको भेलाले थारुहरु वर्षौदेखि पछिपरेको र पछि पारिएकाले अब आफ्नो समुदायको हक अधिकारका लागि अघि बढ्नु पर्ने भेलामा बताएका हुन् ।  थारु अगुवा घनश्याम थारुको अध्यक्षतामा भएको युवाहरुको भेलाले पछाडि परेको थारु समुदायलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

तुलसीपुरमा भएको थारु युवाहरुको भेलाले थारुहरु वर्षौदेखि पछिपरेको र पछि पारिएकाले अब आफ्नो समुदायको हक अधिकारका लागि अघि बढ्नु पर्ने भेलामा बताएका हुन् ।

छलफल कार्यक्रममा आउने दिनमा थारु समुदायको पक्षमा बोल्नकालागि संगठनलाई बलियो बनाउने कुरामा जोड दिइएको थियो । छलफलमा थारु समुदायको पक्षमा थारु युवा, बुद्धिजीविहरु संगठित भएर अगाडि नबढेसम्म थारु समुदायको उन्नति नहुने बताएका थिए । छलफलबाट थारु युवा युवालाई सशक्त पार्न, थारुहरुका समस्या समाधान गर्न थारु युवाहरु एक हुनुपर्ने निष्कर्ष निकालिएको थियो ।

तपाईको प्रतिक्रिया