
काठमाडौं, मंसिर २१ गते । समाजसेवी छेदीलाल चौधरीको ७५ वर्षको उमेरमा विहिबार विहान पौने १ बजे निधन भएको छ । उहाँको विहिबार विहान नै पशुपति आर्याघाटमा अन्तिम दाहसंस्कार भएको छ ।
लामो समयदेखि फोक्सो र किडनीका विरामी समाजसेवी चौधरीको १९९९ मा जन्म भई २०७४ मंसिर २१ गते निधन भएको उहाँको सुपुत्र समाजसेवी रामलाल चौधरीले जानकारी दिनुभयो ।
रामधुनी ६, सुनसरीको स्थायी बासिन्दा चौधरी उपचारको क्रममा जेष्ठ सुपुत्र रामलाल चौधरीको गोकरेश्वर न.पा. ६, काठमाडौंमा बस्दैआउनुभएको थियो । नेपाल मेडिकल कलेज तथा शंकरापुर अस्पतालमा उपचार गराउनु भएका चौधरीले ज्येष्ठ सुपुत्रको घरमा देहत्याग गर्नुभयो । स्वर्गीय चौधरीका तीन छोरा र एक छोरी छन् ।
समाजसेवी चौधरीप्रति हमार पहुरा डट कमको तर्फबाट हार्दिक श्रद्धाञ्जलि । शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।




