कैलाली ५ मा कडा प्रतिस्पर्धा, मतदाता भन्छन् ‘हजारको फरक पर्ला’


लक्की चौधरी

कैलालीको क्षेत्र नं. ५ मा वाम गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । जित हार हुँदा एक हजारदेखि पन्ध्रसयको अन्तर हुने मतदाताहरुको अनुमान छ ।

कांग्रेसबाट उम्मेदवार बनेकी आरजु राणा देउवाको चर्चा बढी सुनिए पनि चर्चा भएकोजस्तो मत उनको पक्षमा नखसेको कांग्रेसकै कार्यकर्ताले तर्क गरेका छन् ।

९१ हजार ८१८ मतदता रहेको यस क्षेत्रमा करिब ३१ हजार थारु समुदायको मत छ ।  वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाथारुको मत जेलबाटै उम्मेदवारी दिएका लक्ष्मण थारुले काटेको अनुमान धेरैको छ । राजपाबाट उम्मेदवारी दिएका थारुले अधिकांश थारुको मत गएको  मतदाताहरुको बुझाई छ । थारुले करिब पाँचहजार मत ल्याउन सक्ने एक थारु अगुवाले बताए ।

त्यस्तै, कांग्रेसबाट उम्मेदवार बनेकी आरजु राणा देउवाको चर्चा बढी सुनिए पनि चर्चा भएकोजस्तो मत उनको पक्षमा नखसेको कांग्रेसकै कार्यकर्ताले तर्क गरेका छन् । कांग्रेसभित्रको एक समूहले राणाको विरुद्धमा अभियान चलाएकाले असन्तुष्ट केही मत सूर्यमा गएको चर्चा पनि विहिबार निकै सुनियो ।

कांग्रेस नेतृ राणाको मत विवेकशील साझा पार्टीका उम्मेदवार दिनेश भण्डारीले काट्ने अनुमान धेरै कांग्रेस नेता र कार्यकर्ताको छ । पाँच हजार बढी मत भण्डारीले काटेमा राणाको सहज जित हुन नसक्ने बुझाई सो समूहको छ । पाँचहजार तल मत भण्डारीले ल्याएमा राणालाई चुनाव जित्न सहज हुने धेरैको बुझाई छ ।

लक्ष्मणले बढी मत काटे आरजुको जित सुनिश्चित हुने, र तराजुको भण्डारीले बढी मत काटेमा नारदमुनी रानाको जित सुनिश्चित हुने धेरैको विश्लेषण  छ । 

देउवा पत्नी राणाको मत भण्डारीले काट्ने भएपनि एमालेका उम्मेदवार रानाथारुको मत राजपाका लक्ष्मण थारुले काट्ने देखिएको छ । मतदाताको विश्लेषणअनुसार जित हार जस्को भएपनि कांग्रेस र वाम गठबन्धनबीच नै हुने दावी धेरैको छ । कांग्रेस स्थानीय नेताकाअनुसार आरजुको जित भएमा एक हजारदेखि दुई हजार पाँचसय मत सम्मको फरकले हुने र हार भएमा पनि सोही अनुपातमा हुनेछ ।

थारु समुदायको जातीय सेन्टिमेन्ट मत लक्ष्मण थारुको चुनाव चिन्ह छातामा गएको मतदान गर्न मतदान केन्द्रमा आएका थारु मतदाताको तर्क छ । यद्यपि लक्ष्मण थारुले काटेको मतकै अनुपातमा विवेकशीलको तराजुले काट्ने धेरैको बुझाई छ । लक्ष्मणले बढी मत काटे आरजुको जित सुनिश्चित हुने, र तराजुको भण्डारीले बढी मत काटेमा नारदमुनी रानाको जित सुनिश्चित हुने धेरैको विश्लेषण  छ ।

विहान ७ बजेबाट शुरुभएको मतदान साँझ पाँच बजेपछि सम्पन्न भएको छ । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको स्थानीय प्रशासनको भनाई छ ।

तपाईको प्रतिक्रिया