
दाङ, मंसिर २५ गते । मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभामा थारुको उदगम थलो मानिने दाङबाट तीनजना थारु निर्वाचित भएर थारुको विरासत जोगाएका छन् ।
प्रदेश र प्रतिनिधी सभा गरी ९ सिट रहेको जिल्लामा प्रतिनिधी सभातर्फ एकजना र प्रदेश सभातर्फ दुई जना थारु विजयी भएका हुन् । मुख्य माउ पार्टीमा थारु सुमदायको उल्लेख सहभागी भए पनि यस पटकको निर्वाचनको समयमा कम थारुले मात्र टिकट प्राप्त गरेका थिए ।
त्यसमध्ये प्रतिनिधी सभा क्षेत्र नं. १ मा मेटमणी चौधरी विजयी हुनु भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीले सानदार मत ल्याएर जित्नुभयो । चौधरीले ३७ हजार ९ य ३१ मत प्राप्त गरी बिजयी हुनु भयो ।
उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका शुसिला चौधरी २४ हजार ४८ मत प्राप्त गर्नु भएको थियो । शुसिला २०७० मा दाङ क्षेत्र नं. १ बाट विजयी हुनु भएको थियो । मेटमणीले शुसिलालाई १४ हजार ८ सय ८३ मतले पछि पार्दै विजयी हुनुभयो ।
प्रतिनिधी सभा क्षेत्र नं. १ मा मेटमणी चौधरी विजयी हुनु भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीले सानदार मत ल्याएर जित्नुभयो । चौधरीले ३७ हजार ९ य ३१ मत प्राप्त गरी बिजयी हुनु भयो ।
त्यस्तै, क्षेत्र नं. १ को प्रदेश सभा १ मा माओवादी केन्द्रका नेता ईन्द्रजीत थारु विजयी हुनु भएको छ । थारुले ५ हजार ८ सय ९३ मत अन्तरले विजयी हुनु भयो। ईन्द्रजीतले १७ हजार २ सय ८५ मत प्राप्त गर्नु भएको थियो भने उहाँ प्रतिस्पर्धी काँग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गर्नुभयो ।
लामो समय देखि थारु समुदायको अधिकार संस्थापित गर्नका लागि उहाँले राम्रो भुमिका निर्वाह गर्नु भएको थियो । जनयुद्धकालभरी थारुले माओबादीको नेतृत्वदायी भुमिका खेल्नु भएको थियो ।
यस्तै शान्तिप्रक्रियापछि पनि उहाँ अन्तरिम व्यवस्थापिका विधायक हुनुभयो भने २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य जित्नु भएको थियो । सभासद छँदा हाल निर्वाचन हुन थालेको मुलुकको साँगठनिक संरचना निर्माण गर्ने समितिका रुपमा रहेको राज्य पुर्नसंरचना समितिमा रहेर काम गर्नु भएको थियो ।
त्यस्तै दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा काँग्रेसकोतर्फबाट डिल्लीबहादुर चौधरी बिजयी हुनु भएको छ । चौधरी २ हजार ३ सय ३६ मत अन्तरले विजयी हुनु भयो । चौधरीले १७ हजार ३६ मत प्राप्त गर्नु भएको थियो भने उहाँ प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र जगप्रसाद शर्मा १४ हजार ७ सय मत प्राप्त गर्नु भएको थियो ।




