आदिबासी महासंघले भन्यो, ‘रेशमलाई अविलम्ब प्रमाणपत्र देऊ’


काठमाडौं, मंसिर २६ गते । नेपाल आदिबासी जनजाति महासंघले कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई अविलम्ब प्रमाणपत्र प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ती जारीगर्दै त्यस्तो माग गरेको हो । अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तीमा भनिएको छ “लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया निर्वाचनमा अभिव्यक्त मतलाई निर्वाचन आयोग र नेपाल सरकारले लोकतन्त्रकै खिल्ली उडाउनेगरी लज्जास्पद कार्य गरेकोमा महासंघ घोर निन्दा व्यक्त गर्दछ ।”

चौधरीले ३४ हजार ३४१ मत ल्याई कैलाली १ बाट निर्वाचित हुनुभएको छ । तर उहाँलाई अझै आयोगले प्रमाणपत्र दिनेबारेमा ठोस निर्णय गरिसकेको छैन । महासंघले विज्ञप्तीमा भनेको छ, “आदिवासी थारु भएर न्यायिक थरुहट आन्दोलनमा सङ्लग्न भएकैआधारमा नृजातीय सर्वसत्तावादी राज्य सरकारले जनादेशलाई कुल्चिएर विजयको प्रमाणपत्र दिन आनकानी र जालसाजी गरेकोप्रति महासंघ घोर भत्र्सना   गर्दछ ।”

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

तपाईको प्रतिक्रिया