
दाङ, मंसिर २७ गते । कमैया र कमलरीका अभियन्ता डिल्लीबहादुर चौधरी मात्रै नेपाली कांग्रेसको तर्फबाट दाङबाट निर्वाचित हुने एक्ला उम्मेदवार हुनुहुन्छ । उहाँको जितले कांग्रेस क्लिन स्वीप हुनबाट जोगियो ।
जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका चौधरीकै कारण दाङ बामगठवन्धनको ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो। पुरानो राप्ती अञ्चल भित्रका ४ जिल्ला प्युठान, रोल्पा, सल्यान र रूकुम (हाल रुकुम पश्चिम र रुकुम पूर्व) सबै स्थानमा बाम गठवन्धनले सबै सिटमा जितेर ती जिल्लालाई ‘लाल किल्ला’ सावित गरेका छन्।
प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ को १ बाट चौधरीले १७ हजार ३५ मत प्राप्त गरि निर्वाचित हुनुभयो ।
प्रदेशसभा सदस्यमा निर्वाचित डिल्लीबहादुर चौधरीकै कारण पुरानो राप्ती बाम गठवन्धनको क्लिनस्विप हुनबाट जोगिएको छ। त्यसैले आज राप्तीमा चौधरीको क्रेज व्यापक बनेको छ।
प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ को १ बाट चौधरीले १७ हजार ३५ मत प्राप्त गरि निर्वाचित हुनुभयो । चौधरीका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जगप्रशाद शर्मा (अपार) लाई १४ हजार ६ सय ९८ मत प्राप्त भएको थियो।
प्रदेशसभामा निर्वाचित चौधरीले माओवादीका स्थायी कमिटी सदस्य अपार भन्दा भन्दा २ हजार ३ सय ३७ मत बढी प्राप्त गरेका थिए। दाङको ३ (१) को प्रदेशसभामा चौधरी निर्वाचित भए पनि तीन निर्वाच क्षेत्र रहेको दाङमा अन्य सबै स्थानमा बामगठवन्धनको जितेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिने चौधरीले लामो समयदेखि सो क्षेत्रमा बेस संस्था सञ्चालन गर्दैआउनुभएको छ । उहाँको राजनीतिक जग पनि सोही संस्थाले बसालेको कतिपयको बुझाई छ ।




