रौतहटमा तस्करी बढ्यो, करोडौ रुपैयाको राजस्व चुहावट


एसके मिश्र

रौतहट, पुस १ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएलगतै रौतहट जिल्लास्थित विभिन्न नाकाबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ ।

तस्करहरुको बढदो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको छ । रौतहट जिल्लास्थित बन्जरहा, औरैया, मन्सरी, रामपुर खाप, बंकुल नाकाबाट दिनहँु भारतीय सामग्रीहरुको चोरी निकासी हुने गरेको छ । भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा छड, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद्य, सुपारी, स्पेयर पार्टस्, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु छन् ।

स्थानीय वृजनन्दन सिंहकाअनुसार तस्करहरुले दिनहँु खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका छन् । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपियाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।

उल्लेखित नाकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भन्सार कार्यालयका कर्मचारीहरु तैनाथ रहेपनि तस्करी कार्य नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मी तथा भन्सार कर्मचारीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुदै आइरहेको स्थानीय वासिन्दाहरु बताउनुहुन्छ ।  स्थानीय वृजनन्दन सिंहकाअनुसार तस्करहरुले दिनहँु खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका छन् । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपियाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।

सरकारी राजस्व चुहावट हँुदा पनि सम्बन्धित निकाय भने मौन छ ।  मन्सरीका स्थानीय वासिन्दा एहसान अहमदले त सुरक्षाकर्मीहरुकै संलग्नतामा तस्करी भइरहेको आरोप लगाउनुभयो । तस्करीमा सीमा नाकामा रहेका सुरक्षाकर्मीकै संलग्नता छ, माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ, मासिक नजराना दिएर सञ्चालित तस्करीले हामी स्थानीय वासिन्दा दिक्क वाक्क भइसकेका छौ, उहाँले भन्नुभयो ।

उजुर गरेको भन्दै संगठित तस्कर गिरोहहरु स्थानीय वासिन्दाहरुलाई धम्काउने गरेका पीडित स्थानीय वासिन्दाहरु  बताउँछन ।

केही समयअघि स्थानीय वासिन्दाहरुले तस्करी रोक्न माग गर्दै जिल्लास्थित सरोकारवाला निकायका पदाधिकारीहरुसँग अनुरोधसमेत गरेका थिए । तर ती पदाधिकारीले आश्वासन मात्र दिए । तस्करी कार्य रोक्नेतर्फ भने कुनै पहल भएको देखिएन । हामीविरुद्ध उजुर गरेको भन्दै संगठित तस्कर गिरोहहरु स्थानीय वासिन्दाहरुलाई धम्काउने गरेका पीडित स्थानीय वासिन्दाहरु  बताउँछन ।रामपुर खापका सर्वदेव प्रसादले भन्नुभयो, हामीले तस्करी रोक्न माग के ग¥यौ, तस्करहरुले दिनदिनै डरत्रास र धम्की दिने गरेका छन् ।

सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरु पनि तस्करहरुसँग मिलेका छन् । माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्छ । त्यस विषयमा भन्सारका कर्मचारीहरुले अनभिज्ञता प्रकट गर्छन । तर भारतीय सीमावर्ती क्षेत्रमा तैनाथ नेपाली सुरक्षाकर्मीहरुले भने केही बोल्न चाहेनन् । आफ्ना माथिल्लो हाकिमहरुसँग कुरा गर्न अनुरोध गर्दै उनीहरु पन्छिए । नेपाल प्रहरीका एसपी यज्ञविनोद पोखरेल र सशस्त्रका एसपी प्रेमराज पोखरेलले तस्करी भइरहेको भए नियन्त्रण गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया