यस वर्षको आनन्दीदेवी राष्ट्रिय सम्मान सर्वोदय आश्रम र गुठीलाई


लक्की चौधरी

काठमाडौं, पुस २ गते । सरस्वती राजनारायण प्रतिष्ठान सर्लाहीले यस वर्षको आनन्दीदेवी राष्ट्रिय प्रतिभा सम्मानबाट गण्डकी सामाजिक गुठी (लमजुङ)  र सर्वोदय सेवा आश्रम (काठमाडौं) लाई सम्मानित गरेको छ ।

प्रतिष्ठानले आइतबार यहाँ विशेष कार्यक्रम गरी सो सम्मान प्रदान गरेको हो । नेपाली भाषा साहित्यको उत्थानमा योगदान दिएकोभन्दै गुठीलाई सम्मानित गरिएको हो भने ज्येष्ठ नागरिकको स्याहार गरेबापत आश्रमलाई सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ । दुवैको पुरस्कार राशी ५१÷५१ हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

नेपाली, मैथिली, भोजपुरी, थारु र अवधि यी चार भाषाका माध्यमबाट साहित्यसेवा तथा भाषाको उत्थानमा योगदान दिएको व्यक्ति वा संस्थालाई वार्षिकरुपमा छनौट गरी प्रतिष्ठानले पुरस्कृत गर्दैआएको छ । 

स्वर्गीय आमा सरस्वती र बुवा राजनारायण रौनियारको स्मरणमा रौनियार परिवारका चारभाइ विन्देश्वरप्रसाद, चन्द्रेश्वरप्रसाद, रामेश्वरप्रसाद र प्रमोदकुमार गुप्ता रौनियारद्वारा २०५२ सालमा स्थापना भएको प्रतिष्ठानले २०६४ सालदेखि क्षेत्रीय र २०७० देखि राष्ट्रियस्तरको पुरस्कार वितरण गर्दैआएको प्रतिष्ठानका अध्यक्ष चन्द्रेश्वर रौनियारले बताउनुभयो ।

क्षेत्रीय पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको अध्यक्ष रौनियारले बताउनुभयो । विशेषगरी नेपाली, मैथिली, भोजपुरी, थारु र अवधि यी चार भाषाका माध्यमबाट साहित्यसेवा तथा भाषाको उत्थानमा योगदान दिएको व्यक्ति वा संस्थालाई वार्षिकरुपमा छनौट गरी प्रतिष्ठानले पुरस्कृत गर्दैआएको छ ।  पुरस्कार वितरण कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले मातापिताको पुण्य देनको उपज चार छोराले प्रतिष्ठान बनाएर पुण्य काममा लाग्नु सम्मानयोग्य भएको बताउनुभयो ।

भाषा, साहित्य, कला संस्कृति तथा समाजसेवामा योगदान गरेका संस्था तथा व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्नु भनेको सो काममा लाग्न थप उत्प्रेरित गर्नु हो भन्दै उहाँले संस्थाका पदाधिकारीप्रति कृतज्ञता व्यक्त  गर्नुभयो । समाजसेवी डा. हरिप्रसाद पोखरेलले अहिलेको परिवेशमा छोराछोरीले आमाबाबुलाई बृद्धाश्रममा पठाउने प्रवृत्ति बढेकाबेला रौनियार परिवारले आमाबुवाको स्मृतिमा पुरस्कार वितरण गर्नु प्रसंशनीय काम भएको भन्दै संस्थालाई बधाई ज्ञापन गर्नुभयो ।

समाजसेवा मार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यकासाथ आफूहरुले प्रतिष्ठान गठन गरेर सो सेवाको काममा लागेको उहाँले प्रष्ट पार्नुभयो ।

वृद्धाश्रम आवश्यकता नभएर बाध्यता भएको बताउँदै उहाँले नेपालीहरु गलत संस्कृतिमा लागिरहेको बताउनुभयो । पितृदेवो भव, मातृदेवो भवको नारालाई तिरस्कृत गर्नेकाम भइरहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चन्द्रेश्वर रौनियारले आमाबुवाको स्मरणमा स्थापित पुरस्कारले नेपाली समाजलाई सही बाटोमा डो¥याउनमा प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो । समाजसेवा मार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यकासाथ आफूहरुले प्रतिष्ठान गठन गरेर सो सेवाको काममा लागेको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. त्रिपाठी, प्रतिष्ठानका अध्यक्ष रौनियारले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा पुरस्कृत संस्थाकोतर्फबाट आश्रमका अध्यक्ष कृष्णराज होलिया, गुठीका दामोदरप्रसाद गैरेले पुरस्कारले थप जिम्मेवारी बढाएको बताउनुभयो ।

आगामी दिनमा समाजसेवामार्फत समाज परिवर्तनमा आफूहरु प्रतिवद्ध भएर लाग्ने उहाँहरुले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पूर्व सांसद शिवचन्द्र चौधरी, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले पुरस्कृत संस्थालाई बधाई तथा प्रतिष्ठानको सम्मान कार्यक्रमको उच्च प्रसंशा गर्नुभयो ।

तपाईको प्रतिक्रिया