गच्छदारले धाँधली गरेको भन्दै भगवती चौधरीद्वारा सर्वोच्चमा उजुरी


काठमाडौँ, पुस ११ गते । सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले मतपरिणाम बदर गरी पुनः मत गणनाको माग गर्दै सर्वोच्चमा उजुरी दिनुभएको छ ।

सो क्षेत्रबाट नेपाली कांग्रेसका विजयकुमार गच्छदारले झिनो मतकासाथ चौधरीलाई पराजित गर्नुभएको थियो । उहाँले गच्छदार र निर्वाचन आयोगलाई विपक्षमा राखी उजुरी दिनुभएको हो । गच्छदारले सत्ता र शक्तिको आडमा प्रशासनलाई आफ्नो हातमा लिएर धाँधली गर्दै निर्वाचन जितेको उहाँको आरोप छ ।

नेपाली कांग्रेसका विजयकुमार गच्छदारले झिनो मतकासाथ चौधरीलाई पराजित गर्नुभएको थियो । उहाँले गच्छदार र निर्वाचन आयोगलाई विपक्षमा राखी उजुरी दिनुभएको हो ।

उजुरीकर्ता चौधरीले विपक्षी गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनु, निर्वाचनसँग सम्बन्धित मतपत्र लगायतका सम्पूर्ण कागजात सुरक्षित राख्नु भन्दै सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १९ को उपनियम ४ बमोजिम आदेश जारी गर्न माग गर्नुभएको छ ।

निर्वाचनमा गच्छदार ३२१ को झिनो मतान्तरले विजयी हुनुभएको थियो । गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६५१ मत प्राप्त गर्नुभयो ।

हेर्नुहोस् उजुरीको पूर्णपाठ

तपाईको प्रतिक्रिया