
काठमाडौं, पुस १२ गते । पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी तालमेल गरेका नेकपा (एमाले) र माओवादी केन्द्रबीच अविश्वास बढेको खबरहरु सार्वजनिक भइरहेका बेला एमाले र संघीय समाजवादी फोरम मिलेर सरकार बन्न सक्ने चर्चा पनि संगसंगै चलिरहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच पछिल्लो भेटवार्ता भएपछि सो चर्चाले झनै बढी ठाउँ पाएको छ । त्यसो त एमाले र माओवादीका कुनै पनि नेताले औपचारिकरुपमा वाम गठबन्धनइतर सरकार बन्ने बताएका छैनन्। ती दुई दलकै संयुक्त सरकार गठन गर्ने सम्भावना बलियो छ ।
यस्तो अवस्थामा वाम गठबन्धनमा आबद्ध दुई दललाई दुईतर्फ बाँडेर बहुमत रअल्पमतको लेखाजोखा गर्नु त्यति तर्कसंगत पनि हुँदैन । गत मंसिरमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त भएको छ। तर, राजनीतिमा जस्तोसुकै सम्भावनालाई पनि नकार्न नसकिने अवस्था रहन्छ ।
एमाले र फोरम मिल्दा भने सरकार बनाउने बहुमत पुग्ने देखिदैन । बहुमत संविधानअनुसार संघीय संसदको कुल सदस्य संख्या २७५ हो। साधारण बहुमतका लागि १३८ सिट आवश्यक पर्छ।
यहाँ संसदीय अंकगणितको लेखाजोखा गर्दा एमाले र फोरम मिल्दा भने सरकार बनाउने बहुमत पुग्ने देखिदैन । बहुमत संविधानअनुसार संघीय संसदको कुल सदस्य संख्या २७५ हो। साधारण बहुमतका लागि १३८ सिट आवश्यक पर्छ।
एमालेले प्रत्यक्षतर्फ २ स्वतन्त्र (हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता) सहित ८० सिट जितेको छ। समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक भइनसके पनि एमालेले ४१ सिट पाउने लगभग निश्चितजस्तै छ।
दुवैतर्फको सिट संख्या जोड्ने हो भने १ सय २१ पुग्छ। यस्तो अवस्थामा साधारण बहुमतका लागि एमालेलाई १७ सिट आवश्यक पर्छ । संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षतर्फ १० सिट जितेको छ। उसले समानुपातिकबाट बढीमा ६ सिट पाउने सम्भावना छ।
दुवैतर्फको जोड्दा फोरमको कुल सदस्य संख्या १६ पुग्छ। एमाले र फोरम जोड्ने हो भने १ सय ३७ सिट हुन्छ, जुन साधारण बहुमतभन्दा १ सिटको कमी हो। चर्चा भएअनुसार एमाले र फोरम मिलेर सरकार बनाउने हो भने उनीहरुले राष्ट्रिय मान्यता नपाएका अन्य कुनै दल वा स्वतन्त्र सांसदलाई साथ लिनुपर्ने हुन्छ।
संसदमा राष्ट्रिय मान्यता नपाएका राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाका १–१ सांसद छन्। हुम्लाबाट एक स्वतन्त्रले पनि चुनाव जितेका छन्। एमाले १२१ फोरम १६ जम्मा १३७ अंक गणितमा सम्भव छ एमाले–फोरमविनाको सरकार एमाले–फोरम दुवैविना सरकार बन्ने सम्भावना नगन्य छ, तर अंक गणितले भने त्यो सम्भव देखाउँछ।
त्यसका लागि यी दुई दलबाहेकका सबै सांसदलाई समेट्नुपर्छ। प्रत्यक्षतर्फ जम्मा २३ सिट जिते पनि समानुपातिकबाट ४० सिट पाउने लगभग निश्चित रहेकाले कांग्रेसको कुल सदस्य संख्या ६३ पुग्छ। यस्तै प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा पाउने १७ सिट जोड्दा ५३ हुन आउँछ। माओवादीका एक वागी उम्मेदवारले पनि चुनाव जितेका छन्। हुम्लाबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी छक्कबहादुर लामाको कारबाही फिर्ता भए पार्टीमै फर्किन समस्या नरहेको बताइसकेका छन्।
एमाले–माओवादीले दुई तिहाइ ल्याउने बताएका थिए । तर सोचेअनुसार सिट आएन । दुई तिहाइ हुनका लागि १८४ सिट आवश्यक पर्छ। एमालेको १२१ र माओवादीको ५३ सिट जोड्दा १७४ पुग्छ। अब दुई तिहाइका लागि यी दुई दललाई १० सिटको खाँचो रहन्छ ।
लामालाई बागी उम्मेदवारी दिएको भन्दै माओवादीले कारबाही गरेको थियो। लामालाई पनि जोड्दा माओवादीको कुल सिट संख्या ५४ पुग्ने छ। यसैगरी प्रत्यक्षमा ११ सिट जितेको राजपाले समानुपातिकबाट ६ सिट पाउने निश्चितप्रायः छ। यसका अलावा नयाँ शक्तिका डा. बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङ्देन संसद सदस्य छन्। कांग्रेस ६३ माओवादी ५३ (१ स्वतन्त्र) राजपा १७ राप्रपा १ नयाँ शक्ति १ राजमो १ नेमकिपा १ जम्मा १३८ हुन्छ ।
एमाले–माओवादीले दुई तिहाइ ल्याउने बताएका थिए । तर सोचेअनुसार सिट आएन । दुई तिहाइ हुनका लागि १८४ सिट आवश्यक पर्छ। एमालेको १२१ र माओवादीको ५३ सिट जोड्दा १७४ पुग्छ। अब दुई तिहाइका लागि यी दुई दललाई १० सिटको खाँचो रहन्छ । जबकि फोरमसँग १६ सिट छ। यी ३ दल जोड्ने हो भने स्पष्टरुपमा दुई तिहाइ बहुमत हुन्छ ।
संसदमा दुई तिहाइ बहुमत पुगे संविधान संसोधनसमेत गर्न सकिन्छ। यद्यपि निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न भने बाँकी नै छ। एमालेले मधेसवादी दललाई समेत साथै लिएर सरकार बनाउने कसरत गरिरहेको छ । मधेसवादी शक्तिसँग संविधान संशोधनको एजेण्डामा सहमति बने कांग्रेसमा प्रतिपक्षीमा बस्ने देखिन्छ ।




