मानबहादुर चौधरी
गुलरिया, पुष १३ गते । बर्दियाको बढैयाताल गाँउपालिकाको बढैयागाँउमा आगामी माघ ४, ५ र ६ गते हुन लागेको थारु साहित्यिक मेला २०७४ लाई सफल बनाउन जिल्लाका गैरसरकारी संस्थाहरुले समेत एक्यबद्धता जनाएका छन् ।
थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बेखेरी र कर्मशील नेपालको आव्हानमा गुलरियामा पुस १३ गते हुने गैससहरुसँगको छलफलमा गैरसरकारी सस्थाहरुले एक्यबद्धता जनाएका हुन् । गैसस महासंघ शाखा बर्दियाका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सीनाले राष्ट्रिय थारु साहित्यिक मेला बर्दिया जिल्लामा सञ्चालन हुनु बर्दियावासीको लागि गर्वको विषय भएको बताए ।
सामाजिक र सांस्कृतिक बिकासमा ठूलो योगदान पुग्ने बताउँदै गैससहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा गैससका प्रमुख र प्रतिनिधीहरुले मेला सफल बनाउन सुझाव पनि दिएका थिए ।
यसबाट सामाजिक र सांस्कृतिक बिकासमा ठूलो योगदान पुग्ने बताउँदै गैससहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा गैससका प्रमुख र प्रतिनिधीहरुले मेला सफल बनाउन सुझाव पनि दिएका थिए ।
थारु साहित्यिक मेला २०७४ मूल आयोजक समितिले बैठकमा थारु साहित्यिक मेला गर्नुको आवश्यकता उद्देश्य तथा मेलामा हुने बहस, छलफल तथा अन्तरक्रिया कार्यक्रमको बिषयबस्तुको बारेमा थारु लेखक संघका सदस्य शुशिल चौधरीले जानकारी गराए । साथै मेला सफल बनाउन सबै किसिमको सहयोगको लागि आव्हान गरे ।
तीन दिनसम्म सञ्चालन हुने साहित्यिक मेलामा थारु भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा ठूलो योगदान प¥ुयाउने, समकालनि साहित्य, कला तथा संस्कृतिबारे बहस तथा परिशीलन गर्ने, लेखक तथा श्रष्टाहरु र सरोकारवालाहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्ने, थारु भाषा लेखनामा मानकताको बिकास गर्ने, समाजको समविकासबारे वहस छेड्ने उद्देश्यले कार्यक्रम गर्न लागेको जनाईएको छ ।
मेलामा थारु लोकसाहित्य बारे चर्चा, समकालिन तथा थारु साहित्य र त्यसका प्रवृतिहरु, थारुलोक कला र दर्शनको एकदृष्य, थारु रंगमंचको बाटो (नाटक र चलचित्र) समिक्षात्मक तिप्पणी, थारुसाहित्यमा महिला लेखकको खडेरी, अबके गर्ने ?, बर्दिया बिकास बहस र बहुभाषिक कविता वाचन (चैनार महटान अंगना) जस्ता छलफलका मूल बिषयवस्तुहरु रहेको आयोजकले जानकारी गराएको छ ।