
काठमाडौं, पुस १३ गते । नेकपा (एमाले) ले प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको भागमा परेको ७५ जनाकै नाममा निर्णय गरेको सो दलबाट थप चारजना थारु सांसद बनेका छन् ।
थारुबाट सांसद बन्नेमा प्रदेश १ मा सुनिताकुमारी चौधरी (उदयपुर), प्रदेश ५ मा कृष्णी थारु (वर्दिया) र धमकली चौधरी (दाङ) रहनुभएको छ । त्यस्तै, प्रदेश ७ मा चुनकुमारी चौधरी (कैलाली) रहनुभएको छ ।
यसअघि प्रतिनिसभाको प्रत्यक्षतर्फ १० जना र प्रदेशसभाको प्रत्यक्षतर्फ १७ जना थारु निर्वाचित भइसकेका छन् । प्रदेशसभाको समानुपातिक तर्फ एमाले बाहेक अन्य दलको परिणाम आउन बाँकी छ ।
हेर्नुहोस् ७५ जना सांसदको नामसुची
प्रदेश नं १ः
१. विनादेवी राई २. सावित्री जोशी ३. उषाकला राई ४. कृष्णकुमारी राई ५. पदमकुमारी गुरुङ ६. होम कुमारी साँवा ७. आशारत्न जबेगु ८. यशोदा अधिकारी ९. अम्बिका थापा १०. सरिता थापा ११. सावित्रा कुमारी रेग्मी १२. सुनिता कुमारी चौधरी १३. जसमाया गजमेर (विश्वकर्मा) १४. वसन्ती देवी यादव १५. गुलेफुन मियाँ
प्रदेश नं २.
१. सिता गुरुङ २. रविन्द्र बैठा धोवी ३. डा. मनोज कुमार सिंह ४. जकतारैन देवी सुडिन साह ५. अनिता कुमारी यादव ६. मञ्जुकुमारी यादव ७. हसिमा खातुन
प्रदेश नं ३
१. बेलिमैया घले २. जुनेलीमाया श्रेष्ठ ३. सरस्वती बाटी ४. शान्ति थिङ ५. देवकी श्रेष्ठ (वान्तवा) ६. इन्द्रमाया गुरुङ ७. सिता लामा ८. आशमाया तामाङ ९. उर्मिला कर्माचार्य १०. रचना खड्का ११. मुनु सिग्देल १२. सरस्वती बस्नेत १३. गोमा भूर्तेल १४. मिना ज्ञवाली (नेपाल) १५. पार्वती सिलवाल १६. मैना अछामी सार्की
प्रदेश नं ४
१. चन्द्रमोहन गौचन २. मित्रकुमारी गुरुङ सुवेदी ३. सावित्रा राना ४. मिना गुरुङ ५. मायानाथ अधिकारी ६. श्रृजना शर्मा ७. प्रभा कोइराला ८. पुष्पा केसी भण्डारी ९. लक्ष्मी सुनार १०. जुनादेवी नेपाली
प्रदेश नं ५
१. रमा घर्ती २. थानकुमारी थापा चापागाइँ ३. विमला शर्मा पन्थी ४. सरस्वती गौतम ५. जालपा भुसाल ६. भगवती देवी भण्डारी ७. कृष्णी थारु ८. धमकली चौधरी ९. कमलादेवी वि.क. १०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार ११. सुनिता कुमारी ठठेर १२. चिन्तावती कुर्मी १३. फौजिया नसिम
प्रदेश नं ६
१. मिनासिँह रखाल २. बदमी क्वारी बोहोरा ३. पद्मा खड्का ४. देवी ओली ५. कौशिलावती खत्री ६. राजु नेपाली
प्रदेश नं ७
१. माया भट्ट २. मनाकुमारी साउद ३. पूर्णा जोशी ४. माया तामाङ बोहरा ५. सुशीला बुढाथोकी ६. चुनकुमारी चौधरी ७. अर्चना गहतराज ८. दुर्गा बि.क.




