दश वर्षे विकास योजनासहित गौतमको नवनिर्माण महाअभियान


लक्की चौधरी

काठमाडौं, पुस १५ गते । अवको दश वर्षभित्र मुलुकको द्रुत आर्थिक विकास गर्न सकिने विकास योजनासहितको नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नयाँ पुस्तक सार्वजनिक गर्नुभएको छ । पुस्तकमा वाम गठबन्धनका शीर्ष नेताहरुले समिक्षात्मक टिप्पणी गर्नुभयो ।

वाम गठबन्धनमा आवद्ध प्रमुख दुई कम्युनिष्ट दलका नेताहरुले पार्टी एकीकरण अव कुनै शक्तिले विथोल्न नसक्ने बताउनुभयो । कतिपय शक्तिले पार्टी एकता नहोस् भनेर भ्रम सिर्जना गर्ने प्रयास गरेपनि सफल नहुने उहाँहरुको दावी छ । एमालेका वरिष्ठ उपाध्यक्ष गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ नामक कृतिको शनिबार यहाँ लोकार्पण कार्यक्रममा नेताहरुले त्यस्तो दावी गर्नुभयो ।

पुस्तकको विमोचन उपराष्ट्रपति नन्दबहादुर पुनसहित एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संयुक्तरुपमा गर्नुभयो ।

सो कार्यक्रममा एमाले अध्यक्ष ओलीले वाम एकतालाई अनेक प्रलोभन देखाएर बहकाउने प्रयास गरिए पनि कोही नबहकिने बताउनुभयो । पाँच वर्षको प्रधानमन्त्री पद दिएर अध्यक्ष प्रचण्डलाई लोभ देखाउने प्रयास गरिएको भन्दै उहाँले त्यसको केही अर्थ नरहेको टिप्पणी गर्नु  भयो । “राष्ट्र निर्माणमा हाम्रो दायित्वबोध गरी जनताले बहुमत प्रदान गरेका छन्, हामी कसैको बहकाउमा जाँदैनौं” अध्यक्ष ओलीले भन्नुभयो ।

“जनताले दिएको हैसियतलाई विर्सेर हामी गलत बाटो समाउँदैनौं, नेपाल अब विकासको बाटोमा अघी बढ्यौ” तर्क गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “वाम एकता तोड्न थुप्रै प्रयास भएका छन्, ती कुनै प्रयास काम लग्दैनन् ।” जनताले वाम एकतालाई मतद्वारा अनुमोदित गरिसकेकाले मतको अवमूल्यन गर्नेकाम आफूहरुबाट नहुने उहाँले विश्वास दिलाउनुभयो ।

“अव बन्ने सरकारको लक्ष्य नै चौतर्फी तिव्र विकास हो” भन्नुहुँदै अध्यक्ष ओलीले पाँच वर्षमा जनताले अनुभूत गर्नेगरी विकासको काम गर्ने दावी गर्नुभयो । भ्रष्टाचारको न्यूनिकरण गरी मुलुकको विकास अघि बढ्ने बताउनुहुँदै ओलीले भन्नुभयो, “राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्यविना विकास सम्भव छैन, त्यो हामीले गरेर देखाउँछौं ।”

लोकतन्त्रको चर्का कुरा गरेर कांग्रेसले वाम गठबन्धनलाई लोकतन्त्रको पाठ सिकाइरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले लोकतन्त्र बोलीमाभन्दा पनि व्यवहारमा कार्यान्वयन गरेर आफूहरुले देखाइरहेको चर्चा गर्नुभयो । कांग्रेसलाई लक्षित गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्टको सरकार बनेमा मुलुकमा अधिनायकवाद आउँछ भन्ने दलले व्यवहारमा लोकतन्त्र कार्यान्वयन गरेर देखावस् ।”

सो अवसरमा अध्यक्ष ओलीले व्यस्तताकाबीच मुलुकको समृद्धिमा सहयोग पुग्ने पुस्तक लेखेर उपाध्यक्ष वामदेव गौतमले सराहनीय काम गर्नुभएको भन्दै उहाँलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले–माओवादी एकता हुन नदिन केही शक्तिहरु सक्रिय भएको तर आफूहरु कुनै प्रलोभनमा नपर्ने प्रष्ट पार्नुभयो ।

“देशको विकास नहोस् भन्ने शक्तिहरुले हामीबीच अनेक बाधा र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेका छन्, हामी कुनै भ्रममा पर्दैनौं, देशको विकासका लागि एक भएर अघि बढ्छौं” उहाँले भन्नुभयो ।संस्थागतरुपमा रहेको भ्रष्टाचारलाई निर्मुल गर्ने सकेमा अवको १० वर्षमा मुलुकको समृद्धि सम्भव रहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “अव हुने विकास सुस्त गतिले गरेर पुग्दैन, छलाङ मार्ने विकास गर्नुपर्छ, त्यो सम्भव छ ।”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गौतमको पुस्तक ज्ञान र कर्मको संगमस्थल रहेको बताउनुभयो । देशको आर्थिक समृद्धि र विकास चाहने व्यक्तिले निर्वाचन हार्नु मुलुककै निम्ति दुर्भाग्य भएको बताउँदै उहाँले देशको आर्थिक विकासको परिकल्पना पुस्तकमा सान्दर्भिक रहेको बताउनुभयो ।

वाम गठबन्धन शक्तिको विजयले नयाँ अग्नीपरीक्षाको शुरुवात भएको बताउँदै उहाँले विकासलाई गति दिएमात्र परीक्षामा सफल भइने तर्क गर्नुभयो । वाम शक्तिकालागि जनताले दिएको मतको ऐतिहासिक महत्व रहेकाले शान्ति, सुशासन र विकासको बाटो तय गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो ।

उपाध्यक्ष वामदेव गौतमले लेख्नुभएको पुस्तकको लक्ष्य पनि १० वर्षे आर्थिक कार्ययोजना भएको बताउनुहुँदै उहाँले मुलुकले विकासमा गति लिएमा पुस्तकले सार्थकता पाउने बताउनुभयो । माओवादीको सशस्त्र संघर्षलाई पुस्तकमा कम स्थान दिएको टिप्पणी गर्नुहुँदै उहाँले सोबारेमा लेखक गौतमलाई सचेत गराउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गौतमको पुस्तक ज्ञान र कर्मको संगमस्थल रहेको बताउनुभयो । देशको आर्थिक समृद्धि र विकास चाहने व्यक्तिले निर्वाचन हार्नु मुलुककै निम्ति दुर्भाग्य भएको बताउँदै उहाँले देशको आर्थिक विकासको परिकल्पना पुस्तकमा सान्दर्भिक रहेको बताउनुभयो ।

राजनीतिक खिँचातानीमा अल्झिदा विकासको मुद्दा ओझेलमा पर्ने भएकाले त्यसमा अब दलका नेताहरु अल्झन नहुने सुझाव दिनुभयो । कृषिक्रान्ति, पर्यटन विकास र उर्जा शक्तिको विकास गर्नसके मुलुकलाई १० वर्षभित्र समृद्ध बनाउन सम्भव रहेको तर्क गर्नुहुँदै नेता पौडेलले निर्वाचन निकै खर्चिलो भएकाले त्यसको संरचनामा सुधारको खाँचो औल्याउनुभयो ।

“यस्तो खर्चिलो निर्वाचनले लोकतन्त्र घाइते भएको छ, सुधार नगर्ने हो भने थला पर्छ” पौडेलले भन्नुभयो । मुलुकको आर्थिक विकासका लागि शीर्ष तहबाटै भ्रष्टाचारको अन्त्यको अभियान आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।

“अवको १० वर्षभित्र नेपालको प्रतिव्यक्ति आम्दानी पाँचहजार अमेरिकी डलर बनाउन सकिन्छ तर त्यसकालागि आर्थिक अभियान हैन, महाअभियान चलाउनुपर्छ ।”

पुस्तकका लेखक एवं एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले अवको बाँकी जीवन आफूले देशको आर्थिक विकासमा खर्च गर्न चाहेको बताउनुभयो । सोही उद्देश्यसाथ पुस्तक तयार भएको दावी गर्नुहुँदै उहाँले भन्नुभयो, “अवको १० वर्षभित्र नेपालको प्रतिव्यक्ति आम्दानी पाँचहजार अमेरिकी डलर बनाउन सकिन्छ तर त्यसकालागि आर्थिक अभियान हैन, महाअभियान चलाउनुपर्छ ।”

परम्परागत र सुस्तगतिको विकासको पक्षमा आफू नरहेको बताउनुहुँदै उपाध्यक्ष गौतमले द्रूत गतिको आर्थिक महाअभियानले १० वर्षमा मुलुकको समृद्धि सम्भव रहेको दावी गर्नुभयो । “अहिले हाम्रो प्रतिव्यक्ति आम्दानी ७५० अमेरिकी डलर बरावर छ, पाँचहजार अमेरिकी डलर पु¥याउन कम चुनौति छैन, तर असम्भव भने छैन” उहाँले भन्नुभयो ।

परम्परागत र सुस्तगतिको विकासको पक्षमा आफू नरहेको बताउनुहुँदै उपाध्यक्ष गौतमले द्रूत गतिको आर्थिक महाअभियानले १० वर्षमा मुलुकको समृद्धि सम्भव रहेको दावी गर्नुभयो ।

पुस्तक लेखनकाक्रममा आफूलाई रचनात्मक सुझाव, सहयोग गर्नुहुने सबैलाई उपाध्यक्ष गौतमले धन्यवाद ज्ञापन गर्नुभयो । लामो समयको अथक प्रयासपछि लेखनले पुस्तकाकार लिएको बताउँदै उहाँले पुस्तकले मुलुकको आर्थिक विकासमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । २३५ पृष्ठको पुस्तकमा १० वर्षे आर्थिक कार्ययोजना समेटिएको छ ।

सो अवसरमा डा. युवराज संग्रौला, डा. मोदनाथ प्रश्रित, डा. सूर्यराज आचार्य र डा. डिल्लीराज खनालले पुस्तकबारे समिक्षा र टिप्पणी गर्नुभएको थियो । कार्यक्रम गोविन्द ज्ञवालीको सभापतित्वमा भएको थियो । कार्यक्रममा झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा, विष्णु पौडेल, घनश्याम भुषालसहितका नेताहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया