
भगतराम थारु
बर्दिया, पुस १६ गते । बर्दिया जिल्लाको ठूलो तालकोरुपमा परिचित बढैया ताल वनभोज (पिकनिक) गन्तव्यकोरुपमा विकास हुँदैगएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सो क्षेत्रले भूमिका खेलेको छ ।
पस १५ लाई पर्वको रुपमा मनाउन बढैया तालमा हजारौको संख्यामा पिकनिक खान मानिसको भिड लागेको थियो । पुस १५ गते कै दिन थारु पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति बाँकेले पनि पिकनीक कार्यक्रमको आयोजना सोही क्षेत्रमा गरेको थियो ।
पिकनिक स्थलमा मान्छेको भिडले खेतमै पिकनिक स्थल छान्नुपरेको थियो । चारैतिर बाजाको स्वरले रौनक उत्तिकै थियो । नेपालगन्जदेखि करिव २० किलोमिटर टाढा रहेको बढैया तालमा पुस १५ गते पिकनिक खानेको भरिभराउ हुने गर्दछ ।
पिकनिक खान आउने विभिन्न समुदायका मानिसहरु बढैया ताल पुग्ने गर्दछन् । हरेक टिमले आआफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर पिकनिक मनाउँछन् । सो दिन पिकनिक खान आउनेको रौनक नै बेग्लै हुने गर्दछ ।
बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य हेर्न पाइन्छ । सो क्षेत्र पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित हुँदै आएको छ ।
थारु समुदाय तथा बर्दियाको बढैया गाउँपालिका स्थित रहेको बढैया ताल बर्दियाकै ठूलो ताल हो । बर्दियालाई चिनाउन बढैया तालको महत्व फरक रहेको छ । बढैया तालको विशेषता नै बढैया तालको अवलोकन र त्यहाँको माछा रहेका छन् । माछाका स्वाद लिन बर्दिया, दाङ, सुर्खेत, कर्णाली क्षेत्र लगायतका विभिन्न जिल्लामा बढैया ताल पुग्ने गर्दछन् ।
बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य हेर्न पाइन्छ । सो क्षेत्र पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित हुँदै आएको छ । बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य हेर्न पाइन्छ । ताल पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित रहेको स्थानिय जागेश्वर चौधरीले बताउनुभयो ।
थारु पत्रकार संघले आयोजना गरेको पिकनिक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिह थारु, थारु गायक विश्वसागर परियार, मोडेल रितु नानु चौधरी, कलाकार प्रदिप चौधरी, राजकुमार चौधरी लगायत आरकेसी ग्रुपका कलाकार टिमको समेत सहभागिता रहेको थियो । थारु गायक भनेर चिनिने गायक विश्वसागर परियारले आधा दर्जन बढि गित गाएका थिए ।




