
लक्की चौधरी
काठमाडौं, पुस २२ गते । हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्षपनि थारु माघी महोत्सव २०७४ काठमाडौंको टुँडीखेलमा भव्यताकासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने आयोजकले बताएको छ ।

थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यसवर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको छ । यसअघि दुई वर्ष थारुले काठमाडौंमा दुई ठाउँमा माघी महोत्सव मनाएका थिए । महोत्सवबाट संकलन हुने रकममा पारदर्शीता नभएको भन्दै थारु विद्यार्थी समाजले आफ्नो नेतृत्वमा फरक ठाउँमा महोत्सव मनाएको थियो । तर यसपाली आर्थिक पारदर्शीता कायम गर्नेगरी आर्थिक समिति गठन गरेर अघि बढ्ने सहमति भएपछि महोत्सव एकै ठाउँमा हुने भएको हो ।
२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका थारु समुदायले यसवर्ष दुई दिन महोत्सव मनाउने निर्णय गरेको चौधरीले बताउनुभयो ।
थारु कल्याणकारी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले महोत्सवको तयारी तिव्रगतिमा भइरहेको जानकारी दिनुभयो । २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका थारु समुदायले यसवर्ष दुई दिन महोत्सव मनाउने निर्णय गरेको चौधरीले बताउनुभयो । उहाँकाअनुसार महोत्वस पुस ३० र माघ १ गते टुँडीखेलमा हुनेछ ।
थारु विद्यार्थी समाज (थाविस) का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीकाअनुसार महोत्सवलाई व्यापारिक हिसावलेभन्दा पनि रचनात्मक र सांस्कृतिक जगेर्ना गर्ने हिसावले मनाउने तयारी भएको बताउनुभयो । उहाँकाअनुसार पुस २९ गते काठमाडौंको तीनकुनेबाट भृकुटीमण्डसम्म मोटरसाईकल ¥यालीको आयोजना गरिने छ । त्यस्तै, ३० गते दिउँसो १२ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिने छ । रक्तदान कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम पनि गर्ने आयोजकको तयारी छ ।
नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम तय गरिएको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । त्यस्तै, सोही दिन साँझ थारुको परम्पराअनुसार जिता मार्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । जिताका लागि सुंगुर बंगूरको खोजी भइरहेको उहाँले बताउनुभयो ।

आयोजकले प्रधानमन्त्रीसँग प्रमुख अतिथिका लागि समय लिइसकेको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । गत वर्ष दुई ठाउँमा भएको महोत्सव यसवर्ष एकै ठाउँमा हुने भएपछि उपत्यकामा बसोबास गर्ने थारु समुदाय उत्साहित भएका छन् । महोत्सवमा करिब १२० विभिन्न थारु परिकार, हस्तकला, थारु पत्रपत्रिका तथा पुस्तकसहितको स्टलहरु राख्ने तयारी भएको चौधरीले बताउनुभयो ।
माघ १ गते विहान ९ बजे वसन्तपुरबाट शुरुहुने झाँकी कार्यक्रम रत्नपार्क, भृकुटीमण्डप, शहिदगेट हुँदै टुँडीखेलमा प्रवेश गर्ने कार्यक्रम रहेको थाविसका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
थाकसका अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा मूल आयोजक कमिटी गठन गरिएको छ । सो कमिटीमा करिब तीन दर्जन थारु संघ संस्थाहरु आयोजक बसेका छन् । महोत्सव सफल पार्न विभिन्न उपसमिति गठन गरिएको उपाध्यक्ष चौधरीले बताउनुभयो । उहाँकाअनुसार प्रेमीलाल चौधरीको संयोजकत्वमा आर्थिक समिति, कानूनलाल चौधरीको संयोजकत्वमा स्टेज व्यवस्थापन समिति, अन्टिलाल चौधरीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, रामलाल चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । विभिन्न नामका करिब एक दर्जन वढी उपसमितिहरु बनाइएको चौधरीले बताउनुभयो ।

माघ १ गते विहान ९ बजे वसन्तपुरबाट शुरुहुने झाँकी कार्यक्रम रत्नपार्क, भृकुटीमण्डप, शहिदगेट हुँदै टुँडीखेलमा प्रवेश गर्ने कार्यक्रम रहेको थाविसका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँकाअनुसार झाँकीमा विभिन्न थारु नृत्यहरु प्रदर्शन गराइनेछ । दुई दिनसम्म चल्ने महोत्सवमा थारु फुड फेष्टिबल, थारु विभिन्न नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिने चौधरीले बताउनुभयो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले बताएको छ ।




