दाङको तुलसीपुरमा माघी विशेष थारु नृत्य प्रतियोगिता गराइँदै


लालु चौधरी
तुलसीपुर, पुस २५ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाले थारु जातिको कला र संस्कृतिको संरक्षणकालागि माघ ६ गते माघी महोत्सव गर्ने निर्णय गरेको छ ।

भूमिपुत्रकारुपमा रहेका थारु जातिको कला र संस्कृति संरक्षण गरेर यस क्षेत्रलाई सांस्कृतिक पर्यटनको हवकारुपमा विकास गर्ने लक्ष्यकासाथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक लक्ष्मण चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १५ हजार, १० हजार र सात हजार नगद पुरस्कार राखिएको बताउनुभयो ।

उक्त कार्यक्रममा उपमहानगरपालिकास्तरीय माघीविशेष थारुनृत्य प्रतियोगिता गरिने संयोजक चौधरीले जानकारी गराउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १५ हजार, १० हजार र सात हजार नगद पुरस्कार राखिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको पशुपति मावि हरिपौरी स्कुलमा कार्यक्रमको आयोजना गरिने आयोजकले बताएको छ । सह–संयोजक पर्शुराम चौधरीकाअनुसार तुलसीपुर उपमहानगरभित्रका कलाकारलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया