थारु एकताको सन्देश दिंदै टुँडीखेलको थारु माघी महोत्सव २०७४


लक्की चौधरी
काठमाडौं, पुस २८ गते । यसअघि दुई वर्ष अलग अलग माघी महोत्सव मनाएका उपत्यकाबासीले यस वर्षको महोत्सव एकै ठाउँमा गरेर थारु एकताको सन्देश दिने तयारीमा छन् ।

विपरित ध्रुवमा मुख फर्काएका दुई कम्युनिष्ट दल पार्टी एकताकालागि तयार हुन्छन् भने हामी थारुले एकताको सन्देश किन नदिने ? थारु अगुवाहरुले तर्क गरेका छन् । थारु पहिचान र राजनीतिक अधिकार सम्बोधनका लागि पनि थारु एकता अपरिहार्य रहेको तर्कगर्दै यो वर्षको महोत्सवलाई पनि दवावको कार्यक्रमस्वरुप मनाउन लागेको तर्क उहाँहरुको छ ।

थारु कल्याणकारिणीसभा (थाकस) उपत्यका समितिको संयोजनमा यसअघिसम्म माघी महोत्सव कार्यक्रम गरिदैआएको थियो । तर यसवर्ष पहिलो पल्ट सो अभियानको ब्रेक भएको छ । यसवर्ष थाकस केन्द्रीय कमिटीले आफ्नो जिम्मेवारीमा महोत्सव गर्न लागेको छ । थारु विद्यार्थी समाज (थाविस) केन्द्रीय कमिटीको सक्रियता र पहलमा महोत्सव एक ठाउँमा गर्ने वातावरण बनेको दावी विद्यार्थी नेताहरुको छ ।

महोत्सव आयोजना गर्न करिब बाह्रलाख रुपैयाँ खर्च हुने र ३० लाख बढीको कारोबार हुने दावी आयोजकको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गर्ने तयारी गरिएकाले ५० हजार बढीले महोत्सवको अवलोकन गर्ने मूल आयोजक समितिको अनुमान छ ।

महोत्सवबारे शुक्रबार मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरेको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले माघ १ गते दिउँसो १२ बजे टुँडीखेलमा गर्ने कार्यक्रम तय भएको थाविसका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

नेपालकै पूरानो सामाजिक संस्था थाकस हो तर अहिलेसम्म काठमाडौंमा आफ्नै भवन छैन, थाकसको भवन निर्माणकालागि यो महोत्सवबाट संकलन हुने केही रकम छुट्याउने शुरुवात गर्न लागिएको छ, अध्यक्ष चौधरीले भन्नुभयो । महोत्सवबाट उठ्ने रकमहरु यसअघिसम्म पारदर्शीढंगले राख्न नसकिएको स्वीकार गर्दै अध्यक्ष चौधरीले यसपल्टदेखि त्यसको शुरुवात हुने दावी   गर्नुभयो ।

महोत्सवलाई आन्दोलनकै अर्कोरुपमा मनाउन लागिएको बताउँदै अध्यक्ष चौधरीले युवा विद्यार्थीको पहल र सक्रियताले महोत्सव एक ठाउँमा मनाएर एकताको गतिलो सन्देश दिने तयारीमा आफूहरु रहेको जानकारी दिनुभयो । टीकापुर घटनाको सत्यतथ्य छानविन, राजबन्दीहरुको तत्काल रिहाई तथा कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरीलाई निर्वाचित प्रमाणपत्र उपलब्ध गराउने दवावस्वरुप काठमाडौंको महोत्सव मनाउने तयारी भएको बताउनुभयो ।

यस वर्ष पहिलो पल्ट महोत्सव दुई दिन मनाउने तयारी पनि आयोजकले गरेको छ । एकसय एक सदस्यीय मूल आयोजक समिति गठन गरेर महोत्सवलाई उत्साहपूर्ण र सन्देशमुलक बनाउन तयारी गरिएको आयोजले बताएको छ । पुस २९ गते मोटरसाईकल ¥याली, ३० गते रक्तदान तथा जिता मार्ने कार्यक्रम र माघ १ गते महोत्सवको उदघाटन गर्ने कार्यतालिका आयोजकले बनाएको छ ।

महोत्सवको मुख्य आकर्षणमा थारु कला संस्कृतिको प्रस्तुती, झाँकी ¥याली प्रदर्शन, थारु फुड फेष्टिबलको प्रदर्शनी, रक्तदान कार्यक्रमलगायत रहने आयोजकले बताएको छ ।

महोत्सवमा करिब ११० वटा विभिन्न थारु हस्तकला, फुड फेष्टिबलका स्टलहरु रहने बताइएको छ । शुक्रबारसम्म ९५ वटा स्टल बुकिङभएको बताइएको छ । महोत्सवको मुख्य आकर्षणमा थारु कला संस्कृतिको प्रस्तुती, झाँकी ¥याली प्रदर्शन, थारु फुड फेष्टिबलको प्रदर्शनी, रक्तदान कार्यक्रमलगायत रहने आयोजकले बताएको छ । यस वर्ष वसन्तपुरबाट रत्नपार्क, शहिदगेट हुँदै टुँडीखेलमा झाँकी घुमाउने तयारी आयोजकले गरेको छ ।

२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव थारुले मनाउँदै आएका छन् । उपत्यकामा काम विशेषले करिब दुई लाख थारु बसोबास गर्छन् । महोत्सव आयोजना गर्न करिब बाह्रलाख रुपैयाँ खर्च हुने र ३० लाख बढीको कारोबार हुने दावी आयोजकको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गर्ने तयारी गरिएकाले ५० हजार बढीले महोत्सवको अवलोकन गर्ने मूल आयोजक समितिको अनुमान छ ।

तपाईको प्रतिक्रिया