
भगतराम थारु
बर्दिया पुष २९ गते । थारु समुदायको महान पर्व नजिकिदै गर्दा थारुबस्तीमा चहलपहल बढेपनि वर्दियाकै मिर्चैया थारु गाउँ भने अझै सुनसान छ ।
थारु समुदायको महान पर्व अर्थात नयाँ बर्षको रुपमा मनाउने पर्वलाई सभ्य भव्य बनाउन थारु समुदाय चहलपहलका साथै रौनकता उत्तिकै बढेको भएपनि बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा यस बर्ष माघीको चहलपहल अझै शुरु हुन सकेको छैन ।
पर्व अरु सालको जस्तो यसबर्ष उल्लासमय नभएको मिर्र्चैयाका बासिन्दाहरुले बताएका छन् । थारु समुदायको बहुल्यता रहेको मिर्चैया गाउँमा यस बर्ष माघीको रौनक नभएको मिलरानी चौधरीले बताउनुभयो । हरेक बर्ष माघी पर्वमा रौनकता हुन्थ्यो तर यस बर्ष गाउँनै मौन छ, उहाँले भन्नुभयो । माघी पर्वलाई अरु सालमा भव्य रुपमा नाचगान गरेर मनाउने माघी पर्व यसवर्ष गाउँ नै शुन्य रहेको महसुस भएको उहाँले बताउनुभयो ।
यसपाली माघीमा न रौनक छ न युवायुवतीहरु नै छन गाउँमा उहाँले भन्नुभयो । हरेक साल माघी महिनामा ठुलै नाचगान कार्यक्रमको आयोजना गरिने गर्दथ्यो तर यसबर्ष गाउँमा दुख परेकाकारण त्यसो हुन नसकेको संरक्षण युवा क्लवका अध्यक्ष युवराज चौधरीले बताउनुभयो ।
गाउँमा मिल्ने जति सवैलाई दैवले लगेपछि गाउँ कसरी उल्लासमय होस । गाउँमा कोही राम्रा साथी छैनन भएका जति सवै वाहिर कमाउन गएका छन् गाउँमा माघीको रौनक नै छैन स्थानिय हरीप्रसाद चौधरीले भन्नुभयो ।
गाउँमा मिल्ने र गर्नसक्ने साथीहरुले गाउँ छोडेर गएपछि यसबर्षको पर्वमा गाउँमा उल्लासमय नभएको अध्यक्ष युवराजले बताउनुभयो । कात्र्तिक २४ गते एकदम मिल्ने साथी निरेश चौधरीको फुटबल खेल्दाखेल्दै मृत्युभयो । नजिकिदै गरेको तिहार खल्लो भयो संगैखेल्ने हाँस्ने साथी सदाकालागि गुमाएपछि मन रोइरहेको छ उहाँले भन्नुभयो ।
केही दिनपछि अति नै मिलनसार गाउँकै प्रगति चौधरीको मंंसिर ५ गते मृत्युभयो । गाउँमा मिल्ने जति सवैलाई दैवले लगेपछि गाउँ कसरी उल्लासमय होस । गाउँमा कोही राम्रा साथी छैनन भएका जति सवै वाहिर कमाउन गएका छन् गाउँमा माघीको रौनक नै छैन स्थानिय हरीप्रसाद चौधरीले भन्नुभयो ।
माघी पर्वले घर आंगनमा पाइला टेक्दैगर्दा शुसिलाको मृत्युभयो झन गाउँनै मौन भयो हरि प्रसादले भन्नुभयो । गाउँमा युवाहरु नै छैनन कसरी माघी पर्व मनाउने कहाँ गएर मनाउने भन्ने चिन्तामा चौधरी रहनुभएको छ । हरेक बर्ष उल्लासकासाथ मनाउने माघीपर्व यसवर्ष त्यसै तर्ने भयो उहाँले भन्नुभयो ।




