एमाले र माओवादी पार्टी एकता प्रक्रियामा के के पाक्दैछ खिचडी ?


लक्की चौधरी
काठमाडौं, माघ १४ गते । पार्टी एकताकालागि वैचारिक, संगठनात्मक तथा राजनीतिक विषयलाई टुङ्ग्याउन भन्दै वाम गठबन्धन दलका दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रका अध्यक्षले पछिल्लो केही दिनयता सघन बैठकमा हुनुहुन्छ । यद्यपि त्यसको ठोस परिणाम सार्वजनिक गरिएको छैन ।

गत शुक्रबार भक्तपुरको एक कार्यकर्ताको घरमा करिब दुई घण्टा भएको छलफलको परिणामलाई पनि बाहिर सार्वजनिक गरिएन । प्रदेशसभा तथा प्रतिनिधिसभा सरकार गठनकालागि पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा पुस २५ गते गठित कार्यदलका दुईजना नेताहरु (नेम्वाङ र रामबहादुर थापा) लाई सँगैराखेर वार्ता गर्नुभएको थियो ।

दुई अध्यक्षको छलफल प्रदेश सरकारमा दुई दलको भागवण्डा र राष्ट्रिय सभामा कसरी आफ्नो साझा उम्मेदवारलाई जिताउनेतिरै केन्द्रीत भएको अध्यक्षद्वयका सचिवालयले बताएको छ । त्यही वार्ताको परिणाम आइतबार प्रदेश सरकारका विषयमा दुई दलबीच ७० र ३० बाँडफाँटमा कुरा मिलेको छ ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाकाअनुसार दुवै नेताबीच लामो छलफल भएपनि खुलेर त्यसको जानकारी सचिवालयलाई समेत गराइएको छैन ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक कार्यक्रममा भाग लिन चित्तवन पुग्नुभएको थियो । चित्तवनमै उहाँले पार्टी एकता प्रक्रिया अवरुद्ध गर्नमा बाह्य तथा आन्तरिक शक्तिले ठूलो षडयन्त्र गरिरहेको खुलासा गर्नुभएको थियो । यद्यपि आफू कुनै लोभलालचमा नपरी पार्टी एकताकालागि अघि बढ्ने उहाँले प्रष्ट पार्दैआउनुभएको छ ।

आइतबार दिउँसो पुनः ललितपुरको मानभवनस्थित एक नेताको घरमा दुई अध्यक्षबीच करिब साढे तीन घण्टा एक्लाएक्लै वार्ता र छलफलमा बस्नुभयो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाकाअनुसार दुवै नेताबीच लामो छलफल भएपनि खुलेर त्यसको जानकारी सचिवालयलाई समेत गराइएको छैन । तथापि दुवै पार्टीको वैचारिक र संगठनात्मक एकतामा बैठक केन्द्रीत भएको तिमल्सिनाले जनाउ दिनुभयो । बैठकमा दुवै नेताले सम्मानजनक पोजिसशनकालागि गृहकार्यमा जुट्नु भएको बुझिएको छ ।

पार्टी एकताको प्रक्रिया जारीरहँदा आगामी नयाँ सरकार र पार्टीको नेतृत्व कसले गर्ने ? मुख्य चासो दुवै दलका नेतामा देखिएको छ । एमालेका नेताहरुले पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुपर्ने दावी गरिरहेका छन् । सो दावीप्रति माओवादी केन्द्रका नेताहरु विमति राख्दैआएका छन् । सरकारको नेतृत्व अध्यक्ष ओलीले गरेमा पार्टीको अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिनुपर्ने माओवादी नेताहरुको माग छ ।

माओवादी अध्यक्षलाई तत्काल एकताहुने पार्टीको नेतृत्व दिन नसकिने, त्यसो गरेमा एमालेभित्र देखिएको पार्टी संगठनको अनुशासन कायम रहन नसक्ने एमालेमा ओलीनिकट मानिने दोस्रोतहका नेताहरुको तर्क देखिएको छ ।

तर माओवादी अध्यक्षलाई तत्काल एकताहुने पार्टीको नेतृत्व दिन नसकिने, त्यसो गरेमा एमालेभित्र देखिएको पार्टी संगठनको अनुशासन कायम रहन नसक्ने एमालेमा ओलीनिकट मानिने दोस्रोतहका नेताहरुको तर्क देखिएको  छ । अध्यक्ष प्रचण्ड समय समयमा भावुक हुने र विचारमा स्थायित्व राख्न नसक्ने नेताकोरुपमा परिचित रहनुभएको एमालेका केही नेताहरुले व्याख्या छ । ती व्याख्याहरु नेताजनमा भएपनि दुई अध्यक्षले भने त्यस्ता अभिव्यक्ति बाहिर नदिन पटक पटक निर्देश गर्नेगरेका छन् ।

दुवै दलका दोस्रो तहका नेताहरुमा त्यस्तो तर्क वितर्क देखिए पनि एमाले अध्यक्ष ओलीले भने अहिलेसम्म सो विषयमा मुख खोल्नुभएको छैन । आफूलाई भावी प्रधानमन्त्रीकोरुपमा प्रस्तुत गर्दैआउनुभएका अध्यक्ष ओलीले पार्टीको नेतृत्व आफैले सम्हाल्ने कि प्रचण्डलाई नेतृत्व दिएर जानेमा अहिलेसम्म बोल्नुभएको छैन । तथापि अपुष्ट सूचनाअनुसार एमालेका केही नेताले अध्यक्ष ओलीले पार्टी एकता हुँदा प्रचण्डलाई ‘सेकेण्ड म्यान’को जिम्मेवारी प्रस्ताव गर्नुभएको तर्क गरिदैआएको छ ।

आइतबार दिउँसो भएको दुई अध्यक्षको लामो बैठकमा पनि पार्टी एकता प्रक्रियामा कुनै किसिमको समस्या आउन नदिन दुवै दलका नेताहरुलाई सार्वजनिकरुपमा अभिव्यक्ति दिंदा विचार पु¥याउनुपर्ने र त्यसकालागि पार्टी पंक्तिमा निर्देश गर्ने सहमति भएको प्रचण्डका प्रेस सहयोगी तिमिल्सिनाले बताउनुभयो । लामो समय दुई अध्यक्ष एक्लाएक्लै बैठकमा बस्दा पनि ठोस परिणाम बाहिर किन आएन भन्ने जिज्ञासा अहिले आमजिज्ञासा बनेको छ ।

अपुष्ट सूचनाअनुसार एमालेका केही नेताले अध्यक्ष ओलीले पार्टी एकता हुँदा प्रचण्डलाई ‘सेकेण्ड म्यान’को जिम्मेवारी प्रस्ताव गर्नुभएको तर्क गरिदैआएको छ ।

सो बारेमा एमाले महासचिव ईश्वर पोखरेलसँग जिज्ञासा राख्दा उहाँले पार्टी एकता प्रक्रिया र सरकार गठन प्रक्रिया विल्कुलै अलग–अलग विषय भएकाले एकै ठाउँमा राखेर हेर्न नहुने तर्क गर्नुभयो । “सरकार गठन प्रक्रिया एउटा विषय हो, भने पार्टी एकता प्रक्रियाको विषय अर्को हो, यसलाई एउटै डालोमा राखेर हेरिनु हुँदैन” उहाँले भन्नुभयो । सरकार गठन पहिला कि पार्टी एकता पहिले भन्ने जिज्ञासामा उहाँले स्वाभाविकरुपमा पार्टी एकता प्रक्रियाभन्दा सरकार गठनको प्रक्रिया चाँडो हुने दावी गर्नुभयो ।

दुई पार्टी फरक फरक विचार र सिद्धान्तबाट गाइडेड रहेकाले एकता हुँदा आन्तरिक गृहकार्य गर्न केही समय लाग्नसक्ने उहाँले बताउनुभयो । “पार्टी एकता नहुँदासम्म नेतृत्व आलोपालो हुनसक्छ तर पार्टी एक भएपछि आलोपालोको च्याप्टर नै क्लोज हुन्छ” उहाँले भन्नुभयो । पार्टी एकतामा समय लागेपनि एकता हुनेमा कुनै सन्देह नरहेको दावी उहाँको छ । दुई अध्यक्षबीच पार्टी एकताकालागि वैचारिक एकता र नेताहरुको व्यवस्थापनकै विषयमा केन्द्रीत भएर छलफल भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

यता, अध्यक्ष प्रचण्ड सचिवालयकोअनुसार उहाँ सोमबार एक कार्यक्रममा भागलिन कैलालीको धनगढी प्रस्थान गर्दैहुनुहुन्छ । धनगढीबाट सके सोमबार साँझसम्म सम्भव नभए मंगलबारको पहिलो उडानबाट काठमाडौं फर्कने तयारी प्रचण्डको छ । उहाँ फर्केलगत्तै दुवै अध्यक्षबीच पुनः मंगलबार साँझसम्म पार्टी एकता प्रक्रियाकै विषयमा थप गृहकार्य गर्न बैठक बस्नेछ । राष्ट्रियसभाको निर्वाचनमा दुवै दलको तर्फबाट उम्मेदवार बनेका साझा उम्मेदवारलाई निर्वाचित गर्ने र पार्टी एकताकालागि सांगठनिक व्यवस्थापनमा केन्द्रित भएर छलफल हुनसक्ने प्रेस सहयोगी तिमिल्सिनाले बताउनुभयो ।

एमालेभित्रका माधवकुमार नेपाल पक्षका नेताहरुले अध्यक्ष प्रचण्डलाई पार्टी एकता भएमा अध्यक्ष स्वीकारेर जान सकिने तर्क गरिरहेका छन् । त्यसले अध्यक्ष प्रचण्डलाई थप बल पुगिरहेको बुझाई केही एमाले नेताहरुको छ ।

यता, एमालेभित्रका माधवकुमार नेपाल पक्षका नेताहरुले अध्यक्ष प्रचण्डलाई पार्टी एकता भएमा अध्यक्ष स्वीकारेर जान सकिने तर्क गरिरहेका छन् । त्यसले अध्यक्ष प्रचण्डलाई थप बल पुगिरहेको बुझाई केही एमाले नेताहरुको छ । वाम एकताको शुत्रधकारकोरुपमा चिनिने एमाले उपाध्यक्ष वामदेव गौतमले पनि ‘गिभ एण्ड टेक’ नगर्दा पार्टी एकता प्रक्रिया अगाडि नबढ्ने तर्क गर्नुभयो ।

दुई अध्यक्षको साझा सहमति र नेतृत्व क्षमतामै पार्टी एकता सम्भव छ उहाँले भन्नुभयो । यसअघि असोज १७ गतेको छबुँदे सहमति पनि नेतृत्वको सहमतिमै सम्भव भयो, अब हुने कुनै पनि सहमति पनि नेतृत्वको चाहना र क्षमतामै सम्भव छ उहाँले भन्नुभयो । हामीले त सहमतिकानिम्ति वातावरण तयार गरिदिनेमात्र हो, निर्णय नेतृत्वले नै लिनुपर्छ उपाध्यक्ष गौतमले भन्नुभयो । उता, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एकताप्रक्रियालाई सम्भव बनाउन दुवै नेतृत्व लचक हुनुपर्ने धारणा राख्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया